काठमाडौं– एनएमबि बैंकले मूल्य र मान्यतामा आधारित बैंकिङमा अग्रसर हुँदै एनएमबि ग्रिन फिक्सड डिपोजिट अभियानको प्रतिफलस्वरुप वातावरण दिवसको अवसर पारेर श्यामेश्वर गणेशमान स्मृती सामुदायीक वन नागार्जुनमा विभिन्न प्रकारका फलफुलका बिरुवा रोपेको छ।
उक्त सामुदायिक वनमा एनएमबिमा ग्रिन फिक्सड डिपोजिट भएका ग्राहकहरुको नाममा विभिन्न प्रजातीका १२५ बिरुवा रोपिएको बैंकले जनाएको छ।
उक्त कार्यक्रममा सामुदायिक वनका अध्यक्ष अर्जुनराज पुरी, सहायक वन अधिकृत सरस्वति अर्याल, बैंकका कर्मचारीहरुलगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो। वातावरणीय संरक्षण प्रवर्धनको साथै वातावरणीय दायित्वप्रति सन्तुलन कायम गर्ने प्रयास स्वरुप राष्ट्रव्यापी रुपमा वृक्षारोपण गरिएको जानकारी गराइएको छ।
यस योजनामार्फत ग्राहकवर्गलाई बैंकले उचित प्रतिफल प्रदान गर्ने मात्र नभई वातावरण संरक्षण र आर्थिक लाभ एकैसाथ प्राप्त गर्न सकिन्छ भन्ने सन्देशमुलक जानकारी दिइएको सम्बन्धमा बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ।