आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सेयर बजार सुझाव समिति गठन भएपछि नेप्सेमा हरियाली, ६० अंकको वृद्धि

सेयर बजार सुझाव समिति गठन भएपछि नेप्सेमा हरियाली, ६० अंकको वृद्धि

बजेटपछि निरन्तर ओरालो लागिरहेको सेयर बजार बुधबार भने बढेको छ। बुधबार नेप्से ६०.२२ अंकले वृद्धि हुँदा २०८०.४४ अंकमा पुगेको छ।
 |  बुधबार, जेठ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २५, २०७९

काठमाडौं- बजेटपछि निरन्तर ओरालो लागिरहेको सेयर बजार बुधबार भने बढेको छ। बुधबार नेप्से ६०.२२ अंकले वृद्धि हुँदा २०८०.४४ अंकमा पुगेको छ।

आज १ अर्ब ६४ करोड ३ लाख ५६ हजार ६ सय रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। जम्मा २ सय ३१ वटा कम्पनीका ५० लाख ५ हजार ८ सय १४ कित्ता सेयर खरिदबिक्री भएका छन्। 

उपकार लघुवित्त र सामुदायिक लघुवित्तको १०/१० प्रतिशत सेयर मूल्य वृद्धि हुँदा अरुण भ्याली हाइड्रोको ५ करोड १२ लाख ४० हजार ३ सय रूपैयाँ बराबरको कारोबार भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले ४ सदस्यीय सेयर बजार सुधार सुझाव समिति गठन गरेकै दिन सेयर बजारमा हरियाली छाएको हो। 

प्रकाशित: Jun 08, 2022| 15:52 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्