आइतबार, असोज ११, २०८३

ग्लोबल आइएमई बैंकको भरतपुर कार्यालय भवन शिलान्यास

ग्लोबल आइएमई बैंकले भरतपुरस्थित अत्याधुनिक तथा सुविधा सम्पन्न कार्यालय भवनको शिलान्यास गरेको छ।
 |  बुधबार, जेठ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २५, २०७९

काठमाडौं‌– ग्लोबल आइएमई बैंकले भरतपुरस्थित अत्याधुनिक तथा सुविधा सम्पन्न कार्यालय भवनको शिलान्यास गरेको छ।

बैंकले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित भरतपुर हाइटमा निर्माण गर्न लागेको कार्यालय भवनको शिलान्यास बैंकका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गरेका हुन्।

यसका साथै बैंकले चितवनकै सौराहामा तीन दिने प्रबन्धकहरूको भेला तथा लगभग ५०० जनाको सहभागितामा वित्तीय साक्षरता जगाउने उद्देश्यका साथ डिजिटल बैंकिङसम्बन्धी सचेतना र्‍यालीको पनि आयोजना गरेको छ।

उक्त सचेतना र्‍याली नारायणी नदी किनारबाट सुरू भएर पूर्व(पश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुल्चोक, सहिदचोक, लायन्सचोक हुँदै भरतपुर हाइटस्थित भवन शिलान्यास स्थलमा पुगी सभामा परिणत भएको थियो।   


प्रकाशित: Jun 08, 2022| 15:48 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्