आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • हाम्रो देश कृषिप्रधानबाट कुर्सीप्रधान भयो : अमरेशकुमार सिंह

हाम्रो देश कृषिप्रधानबाट कुर्सीप्रधान भयो : अमरेशकुमार सिंह

'हामी बच्चा हुँदा कृषिप्रधान देश थियो। तर हामी सांसद हुँदा देश कुर्सीप्रधान भयो। कुर्सीप्रधान देशमा कसरी कृषिको विकास हुन्छ मैले बुझ्न सक्या छैन,' उनले भने।
 |  बुधबार, जेठ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २५, २०७९

काठमाडौं- नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले देश कृषिप्रधानबाट कुर्सीप्रधान भएको भन्दै व्यंग्य गरेका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा सहभागी हुँदै उनले यस्तो व्यंग्य गरेका हुन्। 

'हामी बच्चा हुँदा कृषिप्रधान देश थियो। तर हामी सांसद हुँदा देश कुर्सीप्रधान भयो। कुर्सीप्रधान देशमा कसरी कृषिको विकास हुन्छ मैले बुझ्न सक्या छैन,' उनले भने। 

जनकपुर चुरोट कारखाना मन्त्रीहरूको आवास बनाइएको र वीरगञ्ज चिनी कारखाना सशस्त्र प्रहरी राखिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। 

'हामी सबै कुरा आयात गर्छौँ। तरकारीमा पनि आत्मनिर्भर छैनौँ। माछामासुमा पनि छैनौँ। उखुबाली नगदेबाली भनेर पढेका थियौँ। तर यो त अहिले उधारो बाली भएको छ,' सांसद सिंहले भने, ' कृषकहरूले उखुबालीको पैसा समयमा पाउँदैनन्। उद्योग मन्त्रालय र अर्थ मन्त्रालयलाई पनि कमिसन प्राप्त हुने गरेको छ।'

उनले ठूला उद्योगीले साना उद्योगीमाथि विभेद गरेको र सरकारले पनि ठूला उद्योगलाई मात्र प्रश्रय गरेको उनको आरोप छ। 

प्रकाशित: Jun 08, 2022| 15:40 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्