आइतबार, असोज ११, २०८३

सेञ्चुरी बैंकले ल्यायो डबल धमाका मुद्दति खाता

सेञ्चुरी कमर्सियल बैंकले डबल धमाका मुद्दति खाता सञ्चालनमा ल्याएको छ।
 |  बुधबार, जेठ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २५, २०७९

काठमाडौं– सेञ्चुरी कमर्सियल बैंकले डबल धमाका मुद्दति खाता सञ्चालनमा ल्याएको छ। यस खातामा ग्राहकले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुई गुना रकम (डबल) प्राप्त गर्न सक्नेछन्। 

न्यूनतम १० हजार रुपैयाँमा नै यो खाता खोल्न सकिने बैंकले जनाएको छ। यो खातामा बैंकले ग्राहकलाई मोबाइल बैंकिङ, भिसा डेबिट कार्ड र एसएमएस एलर्ट निःशुल्क उपलब्ध गराउने छ। साथै यस खातामा साँवा रकमको ८० प्रतिशतसम्म ऋण पनि लिन सकिनेछ।

यो खाता बैंकका सम्पूर्ण शाखाहरुबाट खोल्न सकिने जनाइएको छ। सेञ्चुरी बैंकका देशभर १४३ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११५ एटीएम संचालनमा छन ।

प्रकाशित: Jun 08, 2022| 14:54 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्