आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पुँजी बजारका समस्या समाधानका लागि उच्चस्तरीय सुझाव समिति गठन, ४/१२ को सीमा हट्न सक्ने

पुँजी बजारका समस्या समाधानका लागि उच्चस्तरीय सुझाव समिति गठन, ४/१२ को सीमा हट्न सक्ने

अर्थ मन्त्रालयले पुँजी बजारका समस्या समाधानका लागि उच्चस्तरीय सुझाव समिति गठन गरेको छ। मन्त्रालयले बुधबार बिहान चार सदस्यीय समिति गठन गरेको हो।
 |  बुधबार, जेठ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २५, २०७९

काठमाडौं– अर्थ मन्त्रालयले पुँजी बजारका समस्या समाधानका लागि उच्चस्तरीय सुझाव समिति गठन गरेको छ। मन्त्रालयले बुधबार बिहान चार सदस्यीय समिति गठन गरेको हो। 

समितिमा नेपाल धितोपत्र बोर्डका कार्यकारी अध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नर र अर्थ मन्त्रालयबाट एक जना प्रतिनिधि रहनेछन्। सदस्य सचिवका रुपमा धितोपत्र बोर्डबाट अर्को एक जना हुने छन्। 

नेपाल धितोपत्र बोर्डको वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारमा देखिएका समस्या समाधानका लागि उच्चस्तरीय समिति बनाएको जानकारी दिए। 

उनले भने, ‘पुँजी बजारको समस्या समाधानका लागि हामीले आज बिहानमात्र चार सदस्यीय उच्चस्तरीय सुझाव समिति बनाएका छौं। सो समितिले दिएको सुझावको आधारमा पुँजी बजारका समस्या समाधान गर्नेछौं।’ 

यसअघि लगानीकर्ता संघले अर्थमन्त्री, प्रधानमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेटेर राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर बजारमा लागू गरेको ४/१२ करोडको नीति हटाउन माग गरेका थिए । 

अर्थमन्त्री शर्माले पनि बुधबार सो समस्या हटाउनकै लागि समिति बनाएको संकेत गरेका हुन्। तर उनले भने समग्र पुँजी बजारमा देखिएको समस्या समाधानका लागि सुझाव समिति बनाएको बताए। 


प्रकाशित: Jun 08, 2022| 13:09 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्