आइतबार, असोज ११, २०८३

डिप्रोक्स लघुवित्तले माग्यो कर्मचारी

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ५० जना कनिष्ठ कार्यक्रम सहायक पदका लागि दरखास्त आह्वान गरेको छ।
 |  बुधबार, जेठ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २५, २०७९

काठमाडौं- डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ५० जना कनिष्ठ कार्यक्रम सहायक पदका लागि दरखास्त आह्वान गरेको छ। 

बुधबार सूचना जारी गर्दै लघुवित्तले ५० जना कर्मचारीका लागि विज्ञापन आह्वान गरेको हो। इच्छुक उम्मेदवारले १५ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालय काठमाडौंमा अथवा कम्पनीको इमेलमा आवेदन पठाउन सक्नेछन्। 

एसईई वा सोसरहको परीक्षा उत्तीर्ण भएकालाई काम गर्ने अवसर रहने लघुवित्तले जनाएको छ। परीक्षा लिखित र अन्तर्वार्ता गरी दुई किसिमको हुनेछ।


प्रकाशित: Jun 08, 2022| 10:48 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्