सोमबार, असार ८, २०८३

नेपालमा लगानी गर्न चिलीलाई चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल र नेपालका लागि चिलीका राजदूत जुवान एङ्गुलोबीच आज चेम्बर भवन कान्तिपथमा भएको भेटमा चेम्बरका अध्यक्ष एवं पदाधिकारीले चिलीलाई नेपालमा लगानी गर्न आग्रह गरेका हुन्।
 |  मंगलबार, जेठ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २४, २०७९

काठमाडौं- नेपाल चेम्बर अफ कमर्शले नेपालमा लगानी गर्न चिलीलाई आग्रह गरेको छ। नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल र नेपालका लागि चिलीका राजदूत जुवान एङ्गुलोबीच आज चेम्बर भवन कान्तिपथमा भएको भेटमा चेम्बरका अध्यक्ष एवं पदाधिकारीले चिलीलाई नेपालमा लगानी गर्न आग्रह गरेका हुन्।

National life

भेटमा चेम्बरका अध्यक्ष मल्लले नेपालमा पर्यटन, जलस्रोत, सूचना प्रविधि, जडीबुटीलगायत क्षेत्रमा लगानीको अथाह सम्भावना रहेको उल्लेख गर्दै लगानी गर्न चिलीलाई आग्रह गरेका हुन्। 'नेपाल र चिलीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पूरा भएको छ, हामी सरकारी र निजी क्षेत्रबीचको सहकार्यमार्फत चिलीसँग आर्थिक सम्बन्ध थप बलियो र प्रभावकारी बनाउन चाहन्छौँ,' उनले भने। 

अध्यक्ष मल्लले सो अवसरमा नेपाल चेम्बर र चिली चेम्बर अफ कमर्शबीच वाणिज्य तथा लगानीका क्षेत्रमा सहकार्य गर्न राजदूत एङ्गुलोलाई आग्रह गरेका थिए। 'वैदेशिक लगानीको सुरक्षणका लागि नेपालले पछिल्लो समय नीतिगत तहमा थुप्रै सुधार गरिसकेको छ आगामी वर्षको बजेटमा पनि सरकारले ५० वर्षसम्म जग्गा भाडामा उपलब्ध गराउने घोषणा गरेको छ, चिलीको लगानी सुरक्षण गर्न हामी प्रतिबद्ध छौं,' उनले भने। 

अध्यक्ष मल्लले नेपालमा जग्गाको मूल्य र श्रमको लागत सस्तो पर्ने भन्दै चिलीको लगानीमा उद्योग खोलेर भारत, चीनलगायत दक्षिण एसिया, युरोप र अमेरिकी बजारमा बिक्री गर्न सकिने बताए। भेटमा राजदूत एङगुलोले नेपालको वर्तमान आर्थिक अवस्था र लगानीको वातावरणबारे जानकारी लिएका थिए। उनले नेपाल हिमालयको देश भएकाले पर्यटन क्षेत्रको अथाह सम्भावना रहेको बताउनुभयो। नेपालमा लगानीको सम्भावनाबारे आफ्नो देशको निजी क्षेत्र र नागरिकलाई जानकारी गराउने उनको भनाइ थियो। 

प्रकाशित: Jun 07, 2022| 20:05 मंगलबार, जेठ २४, २०७९
प्रतिक्रिया दिनुहोस्