आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • इम्बोस्ड नम्बर प्लेटविरुद्ध प्रदर्शन गर्नेमाथि लाठीचार्ज

इम्बोस्ड नम्बर प्लेटविरुद्ध प्रदर्शन गर्नेमाथि लाठीचार्ज

इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गर्ने निर्णयविरुद्ध काठमाडौंमा प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले लाठीचार्ज गरेको छ।
 |  मंगलबार, जेठ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २४, २०७९

काठमाडौं– इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गर्ने निर्णयविरुद्ध काठमाडौंमा प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले लाठीचार्ज गरेको छ। नेकपा एमाले निकट राष्ट्रिय युवा संघले सो निर्णयको विरुद्धमा यातायात व्यवस्था कार्यालय नयाँ बानेश्वर अगाडि प्रदर्शन गरेको थियो।

प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले सरकारी गाडीको चाबी खोस्ने प्रयास गरेपछि प्रहरीले उनीहरुमाथि लाठीचार्ज गरेको हो।

इम्बोस्ड नम्बर प्लेटको अस्वाभाविक मूल्य र सरकारको अव्यावहारिक रबैयाविरुद्ध प्रदर्शन गरिएको युवा संघले जनाएको छ।

यसैबीच, यातायात व्यावस्था विभागले इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने सन्दर्भमा यसअघि जारी गरेको निर्देशनमाथि क्षमायाचनासहितको प्रष्टीकरण दिएको छ। विभागले सबै प्रकारका गाडीलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगरिएको भन्दै स्पष्टीकरण दिएको हो। 

‘२०७२ जेष्ठ २० गते प्रकाशित सूचना मार्फत २०७२ श्रावण १ गतेका दिन बिहान देशका सडकमा गुड्ने सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान हुनुपर्छ भन्ने आशय विभागको अलिकति पनि होइन,’ विभागद्धारा जारी स्पष्टीकरणमा उल्लेख छ, ‘समयमा पर्याप्त सूचना सम्प्रेषण गर्न नसकेकोमा विभाग पुनः क्षमायाचना गर्दछ।’ 

शुक्रबार विभागले सूचना जारी गर्दै साउन १ गतेसम्ममा इम्बोस्ड नम्बर अनिवार्य रूपमा जडान नगरे कारबाही गर्ने चेतावनी दिएको थियो। यसपछि विभागको चर्को आलोचना भइरहेको समयमा विभागले प्रष्टीकरण दिएको हो।

प्रकाशित: Jun 07, 2022| 17:26 मंगलबार, जेठ २४, २०७९
प्रतिक्रिया दिनुहोस्