आइतबार, असोज ११, २०८३

मिस नेपालका २४ प्रतिस्पर्धीले गरे नर्सरी भ्रमण

मिस नेपाल २०२२ का २४ जना प्रतिस्पर्धीले बनेपास्थित डाबर नेपालको नर्सरी अवलोकन गरेका छन्। उनीहरुले त्यहाँ विश्वस्तरीय हरितगृह सुविधाको पनि निरीक्षण गरे।
 |  मंगलबार, जेठ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २४, २०७९

काठमाडौं– मिस नेपाल २०२२ का २४ जना प्रतिस्पर्धीले बनेपास्थित डाबर नेपालको नर्सरी अवलोकन गरेका छन्। उनीहरुले त्यहाँ विश्वस्तरीय हरितगृह सुविधाको पनि निरीक्षण गरे।

मिस नेपालको मुख्य प्रायोजक समेत रहेको डाबर नेपालको नर्सरीमा उनीहरुले वृक्षारोपण पनि गरेका थिए। कम्पनीका बजार प्रमुख अभय गोर्खालीले यस्तो खालको ‘एक्सपोजर’बाट मिस नेपालका प्रतिस्पर्धीले वातावरण र समाजमा सकारात्मक योगदान पुर्‍याउने बताए।

मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरका प्रमुख दिवाकर राजकर्णिकारले वातावरण संरक्षण मिस नेपालको मुख्य अभिभारा रहेको भन्दै डाबर नेपालसँगको सहकार्यप्रति खुसी व्यक्त गरे।

डाबरको उत्पादन डाबर वाटिका न्याचुरल स्याम्पु यस वर्ष मिस नेपालको टाइटल स्पोन्सर समेत हो। मिस नेपालको ग्रान्ड फिनाले असार ४ गते ललितपुरमा आयोजना हुँदैछ।

प्रकाशित: Jun 07, 2022| 17:08 मंगलबार, जेठ २४, २०७९
प्रतिक्रिया दिनुहोस्