सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • महानिर्देशकले सचिवलाई भेटेपछि विभागद्वारा क्षमायाचना, इम्बोस्ड नम्बरबारे यस्तो छ प्रष्टीकरण

महानिर्देशकले सचिवलाई भेटेपछि विभागद्वारा क्षमायाचना, इम्बोस्ड नम्बरबारे यस्तो छ प्रष्टीकरण

यातायात व्यावस्था विभागले इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने सन्दर्भमा यसअघि जारी गरेको निर्देशनमाथि क्षमायाचनासहितको स्पष्टीकरण दिएको छ।
 |  मंगलबार, जेठ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २४, २०७९

काठमाडौं- यातायात व्यावस्था विभागले इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने सन्दर्भमा यसअघि जारी गरेको निर्देशनमाथि क्षमायाचनासहितको प्रष्टीकरण दिएको छ। विभागले सबै प्रकारका गाडीलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगरिएको भन्दै स्पष्टीकरण दिएको हो। 

National life

'२०७२ जेष्ठ २० गते प्रकाशित सूचना मार्फत २०७२ श्रावण १ गतेका दिन बिहान देशका सडकमा गुड्ने सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान हुनुपर्छ भन्ने आशय विभागको अलिकति पनि होइन,' विभागद्धारा जारी स्पष्टीकरणमा उल्लेख छ,' समयमा पर्याप्त सूचना सम्प्रेषण गर्न नसकेकोमा विभाग पुनः क्षमायाचना गर्दछ।' 

शुक्रबार विभागले सूचना जारी गर्दै साउन १ गतेसम्ममा इम्बोस्ड नम्बर अनिवार्य रूपमा जडान नगरे कारबाही गर्ने चेतावनी दिएको थियो। यसपछि विभागको चर्को आलोचना भइरहेको समयमा विभागले प्रष्टीकरण दिएको हो।

विभागको चेतावनीपूर्ण निर्देशनको सर्वत्र विरोध भएपछि महानिर्देशक नमराज घिमिरे सोमबार यातायात मन्त्रालका सचिव गोपालप्रसाद सिक्देलसँग भेटका लागि पुगेका थिए। सचिवसँग भेट गगरी फर्किएलगत्तै मंगलबार विभागले प्रष्टीकरण दिँदै क्षमायाचना गरेको हो। 

शुक्रबार जारी गरिएको सूचना नेपाल सरकारबाट मिति २०७८ कार्तिक २२ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाको परिपुरक सूचना मात्रै भएको विभागले जनाएको छ।

Shivam cement

आगामी ४० दिनमा नेपालमा हाल दर्ता कायम रहेका सबै साधन जडान असम्भव हुनुका साथै अहिलेकै गतिमा कार्य निरन्तरता हुने हो भने केही प्रतिशत सवारी साधनमा मात्र ईम्बोड नम्बर जडान गर्न सकिने विज्ञप्तिमा उल्लेख छ। 

यस्तो छ विभागको प्रष्टीकरण

प्रकाशित: Jun 07, 2022| 16:11 मंगलबार, जेठ २४, २०७९
प्रतिक्रिया दिनुहोस्