सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • यातायात व्यवस्था विभागका महानिर्देशक तुरुन्त बर्खास्त गर्न सांसद विशुंखेको माग

यातायात व्यवस्था विभागका महानिर्देशक तुरुन्त बर्खास्त गर्न सांसद विशुंखेको माग

इम्बोस्ड नम्बर प्लेट जडान शुल्क महँगो भएको र १ महिनाभित्र २५ लाख सवारी साधनमा जडान गरिसक्न बाध्यकारी निर्देशन दिएको भन्दै सांसद विशुंखेले यस्तो माग अघि सारेकी हुन्।
 |  मंगलबार, जेठ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २४, २०७९
National life
Shivam cement

काठमाडौं- सांसद अञ्जना विशुंखुले यातायात व्यवस्था विभागका महानिर्देशक तुरुन्त बर्खास्त गर्न माग गरेकी छन्। प्रतिनिधि सभा बैठकमा सहभागी हुँदै सांसद विशुंखेले यस्तो माग गरेकी हुन्। इम्बोस्ड नम्बर प्लेट जडान शुल्क महँगो भएको र १ महिनाभित्र २५ लाख सवारी साधनमा जडान गरिसक्न बाध्यकारी निर्देशन दिएको भन्दै सांसद विशुंखेले यस्तो माग अघि सारेकी हुन्। 

'इम्बोस्ड नम्बर प्लेट असारभित्र जडान गर्ने गरिएको छ। यस्तो निर्णय गर्ने कर्मचारी र निर्देशक (महानिर्देशक) तुरुन्त बर्खास्त गर्नुपर्छ। मन्त्रीलाई म भन्न चाहन्छु कि यस्तो निर्णय गर्ने गैरजिम्मेवार निर्णय गर्ने आँट कसरी भयो। अहिले पनि लाइसेन्सका लागि दर्ता गरेर प्राप्त नगर्नेको ताँती छ,' सांसद विशुंखेले भनिन्, 'यातायातमा नवीकरण गर्न कति समय लाग्छ? असारभित्र इम्बोस्ड नम्बर जडान गर्ने भनेर निर्णय गर्नुजस्तो गैरजिम्मेवार निर्णय मलाई कुनै पनि लाग्दैन। अहिले लाइसेन्स लिन दुई तीन वर्ष लाग्छ। त्यसलाई छिटो बनाउने कुरामा यातायात मन्त्रालयले चासो दिएको छैन।'

विभागले साउन १ गतेसम्ममा इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही गर्ने चेतावनी दिएको छ। यद्यपि यो निर्णय पछिल्लो समय विवादित बन्दै गएको छ। यद्यपि, यस्तो व्यवस्था गण्डकी र बागमती मात्र लागू हुने विभागले जानकारी दिएको छ। 
प्रकाशित: Jun 07, 2022| 15:40 मंगलबार, जेठ २४, २०७९
प्रतिक्रिया दिनुहोस्