आइतबार, असोज ११, २०८३

जडीबुटीलाई पर्यटनसँग मिलाएर लैजान गगनको सुझाव

खाद्य तथा औषधिविज्ञ नारायण घिमिरेद्वारा लिखित पुस्तक ‘नेपाली रैथाने जडीबुटी’ पुस्तक सार्वजनिक भएको छ।
 |  मंगलबार, जेठ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २४, २०७९

काठमाडौं– खाद्य तथा औषधिविज्ञ नारायण घिमिरेद्वारा लिखित पुस्तक ‘नेपाली रैथाने जडीबुटी’ पुस्तक सार्वजनिक भएको छ। 

नेपाली काग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापा, जनस्वास्थ्य अनुसन्धानकर्ता आमोद पोखरेल, समिक्षक राजकुमार बानियाँ, राजनीतिक विश्लेषक शंकर तिवारी र लेखक नारायण घिमिरे र प्रकाशक पुष्प राज पौडेलले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन्।

कार्यक्रममा महामन्त्री थापाले नेपाली रैथाने जडीबुटी निर्यात गरेर व्यापार घाटामा न्यूनीकरण गर्न सकिने बताए। थापाले भने, ‘योग, आयुर्वेद, रैथाने ज्ञान र जडीबुटीलाई पर्यटनसँग मिलाएर लैजानुपर्छ।’

अमेरिकी विश्वविद्यालयका अध्यापकसमेत रहेका आमोद प्रोखरेलले रैथाने जडीबुटीका बारेमा खँदिलो जानकारी पुस्तकमा आएको बताए। नेपालमा प्राप्त औषधिजन्य जडीबुटीको क्लिनिकल ट्रायल गर्न सके नेपालले ठूलो आर्थिक लाभ लिन सक्ने उनको भनाइ छ।

विश्लेषक शंकर तिवारीले लोक परम्परा र आफ्नो भोगाइ मिसाएर सरल भाषाशैलीमा सुन्दर पुस्तक लेखेकोमा लेखकलाई धन्यावाद दिए। लेखक नारायण घिमिरेले नेपालको जडीबुटीलाई विश्व बजारले महत्वको साथ हेरेको र नेपाललाई खाद्य अनुसन्धानको केन्द्र बनाउनु पर्ने बताए।

शिखा बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य ३२५ रुपैयाँ रहेको छ।


प्रकाशित: Jun 07, 2022| 15:08 मंगलबार, जेठ २४, २०७९
प्रतिक्रिया दिनुहोस्