सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • निजगढ विमानस्थल बनाउन हुँदैन भन्नेहरु भूमाफियासँग मिलेका छन् : रावल

निजगढ विमानस्थल बनाउन हुँदैन भन्नेहरु भूमाफियासँग मिलेका छन् : रावल

नेकपा एमालेका सांसद भीम रावलले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा बाधा पुर्‍याउने तथा बनाउन हुँदैन भन्नेहरू भूमाफियासँग मिलेको आरोप लगाएका छन्।
 |  मंगलबार, जेठ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २४, २०७९

काठमाडौं– नेकपा एमालेका सांसद भीम रावलले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा बाधा पुर्‍याउने तथा बनाउन हुँदैन भन्नेहरू भूमाफियासँग मिलेको आरोप लगाएका छन्।

National life

प्रतिनिधिसभाको मंगलबारको बैठकमा रावलले विमानस्थल निर्माण गर्न हुँदैन भन्नेहरूले नै सरकारले अधिग्रहण गरेको जग्गा अतिक्रमण गरिरहेको दाबी गरे।

सरकारले ठूलो रकम लगानी गरेको र राष्ट्रिय हितमा रहेको विमानस्थल निर्माणमा अदालतसमेत लागेकोमा रावलले असन्तुष्टि व्यक्त गरे। उनले भने, ‘निजगढ‍ विमानस्थलको कुरा गर्ने हो भने १ सय १० बिघा अधिग्रहण गर्नुपर्नेमा ७६ बिघा अधिग्रहण भइसकेको छ। नागरिक उड्डयन प्राधिकरणले ३ अर्ब रुपैयाँ खर्च गरिसकेको छ। द्रुत मार्गमा २ खर्बभन्दा बढी खर्च भइसकेको छ। सबैले रुखको हवाला दिन्छन्।

त्यहाँ अहिले जसले विमानस्थल बनाउनु हुँदैन भनेका छन् तिनीहरू भूमाफियासँग मिलेर त्यो जमिन, प्रत्येक वर्ष जग्गा अतिक्रमण भइरहेको छ।’ त्यसरी अतिक्रमण गर्नेको संख्या ठूलो भएको उनले बताए। रावलले भने, ‘त्यहाँ नेपाल सरकारले अधिग्रहण गरेको जग्गा अतिक्रमण भइरहेको छ। त्यो छिट्टै विमानस्थल नबनाउने हो भने सम्पूर्ण जग्गा कब्जा हुनेछ। नेपाल सरकारको यत्रो ठूलो लगानी यत्तिकै हराएर जान्छ।’

सरकारी अधिकारी र सांसदहरूले विमानस्थल निर्माण गर्ने भनेर दिएका अभिव्यक्तिलाई लिएर पनि रावलले आपत्ति जनाएका छन्। उनले अदालतको क्षेत्राधिकारभित्र आफूहरू नगएको तर अदालत भने कार्यपालिकाको क्षेत्राधिकारमा पसेको तर्क गरे। 

Shivam cement

पर्यटनमन्त्री प्रेम आले र अर्थमन्त्री जनार्दन शर्माले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भनेर दिएको अभिव्यक्ति राष्ट्रिय हितमा रहेको रावलको भनाइ थियो। 

निजगढ विमानस्थल निर्माणका अहिलेसम्मका काम सर्वोच्च अदालतले हालै बदर गरिदिएको छ। 


प्रकाशित: Jun 07, 2022| 15:05 मंगलबार, जेठ २४, २०७९
प्रतिक्रिया दिनुहोस्