सोमबार, असार ८, २०८३

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ ९२ पैसा र बिक्री दर १२४ रुपैयाँ ५२ पैसा कायम गरेको छ।
 |  मंगलबार, जेठ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २४, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ ९२ पैसा र बिक्री दर १२४ रुपैयाँ ५२ पैसा कायम गरेको छ। 

National life

युरो एकको खरिद दर १३२ रुपैयाँ ९२ पैसा र बिक्री दर १३३ रुपैयाँ ५७ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५५ रुपैयाँ ६४ पैसा र बिक्री दर १५६ रुपैयाँ ३९ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२८ रुपैयाँ ८४ पैसा र बिक्री दर १२९ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ

अस्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ४६ पैसा र बिक्री दर ८९ रुपैयाँ ९० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ६७ पैसा रहेको छ भने बिक्री दर ९९ रुपैयाँ  १५ पैसा छ। 

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ४९ पैसा र बिक्री दर ९ रुपैयाँ ५३ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६६ पैसा र बिक्री दर १८ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ०४ पैसा र बिक्री दर ३३ रुपैयाँ २० पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ९४ पैसा र बिक्री दर ३४ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

Shivam cement


मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३७ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९२ पैसा र बिक्री दर ९ रुपैयाँ ९७ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।   -यस्तो छ आजको विनिमय दर

प्रकाशित: Jun 07, 2022| 06:28 मंगलबार, जेठ २४, २०७९
प्रतिक्रिया दिनुहोस्