आइतबार, असोज ११, २०८३

वायुसेवा निगमका महाप्रबन्धक पौडेल बर्खास्त

पौडेललाई यसअघि मन्त्रालयले स्पष्टीकरण सोधेको थियो। निगमको हितविपरीत काम गरेको उल्लेख गर्दै मन्त्रालयले महाप्रबन्धक पौडेललाई मन्त्रालयमा तानेको थियो।
 |  सोमबार, जेठ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २३, २०७९

काठमाडौं- सरकारले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई बर्खास्त गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।

पौडेललाई यसअघि मन्त्रालयले स्पष्टीकरण सोधेको थियो। निगमको हितविपरीत काम गरेको उल्लेख गर्दै मन्त्रालयले महाप्रबन्धक पौडेललाई मन्त्रालयमा तानेको थियो। 

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पौडेलले निगमको हित विपरीतमा काम गरेको भन्दै बर्खास्तका लागि मन्त्रिपरिषद्‍मा प्रस्ताव लगेका थिए। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पौडेललाई चार वर्षका लागि निगमको महाप्रबन्धकमा नियुक्त गरेको थियो।

प्रकाशित: Jun 06, 2022| 21:00 सोमबार, जेठ २३, २०७९
प्रतिक्रिया दिनुहोस्