सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आन्तरिक विप्रेषणको कारोबार अब प्रतिदिन २५ हजार मात्र

आन्तरिक विप्रेषणको कारोबार अब प्रतिदिन २५ हजार मात्र

यसअघि कार्यान्वयनमा रहेको एक लाख रुपैयाँ प्रतिदिन कारोबार गर्न पाउने व्यवस्था संशोधन गर्दै राष्ट्र बैंकले प्रतिदिन २५ हजार रुपैयाँको सीमा लागू गरेको हो।
 |  सोमबार, जेठ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २३, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले विप्रेषण कम्पनीको प्रणाली प्रयोग गरी प्रतिदिन कारोबार गर्ने रकम घटाएर २५ हजार रुपैयाँ कायम गरेको छ। सोमबार नेपाल राष्ट्र बैंकले एक सूचना जारी गरी प्रतिदिन कारोबार रकम घटाएको जानकारी दिएको छ।

National life

यसअघि कार्यान्वयनमा रहेको एक लाख रुपैयाँ प्रतिदिन कारोबार गर्न पाउने व्यवस्था संशोधन गर्दै राष्ट्र बैंकले प्रतिदिन २५ हजार रुपैयाँको सीमा लागू गरेको हो। 

'विप्रेषण कम्पनी तथा उक्त कम्पनीका एजेन्टहरुले आन्तरिक विप्रेषणको कारोबार/नगद भुक्तानी/बैंक खाता/विद्युतीय वालेटलगायत जुनसुकै माध्यमबाट गर्दा सम्बन्धित विप्रेषण कम्पनीको प्रणाली अनिवार्य रुपमा प्रयोग गरी प्रतिव्यक्ति/प्रति कारोबार प्रतिदिन बढीमा २५ हजार रुपैयाँसम्मको कारोबार गर्न सक्नेछ,' नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जारी गरेको सूचनामा भनिएको छ।  

यसअघि 'स्वदेशमा आन्तरिक विप्रेषणको कारोबार गर्दा अनिवार्य रूपमा सम्बन्धित विप्रेषण कम्पनीको प्रणाली प्रयोग गरी प्रतिव्यक्ति, प्रतिकारोबार, प्रतिदिन, अधिकतम एक लाख रुपैयाँसम्मको कारोबार गर्न सक्ने' व्यवस्था थियो। 

प्रकाशित: Jun 06, 2022| 18:31 सोमबार, जेठ २३, २०७९
प्रतिक्रिया दिनुहोस्