आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • 'हाम्रो पात्रो'बाट प्रतिमहिना १० करोडभन्दा बढी रेमिट्यान्स

'हाम्रो पात्रो'बाट प्रतिमहिना १० करोडभन्दा बढी रेमिट्यान्स

‘हाम्रो पात्रो’ले आफ्नो एपबाट प्रतिमहिना १० करोडभन्दा बढी रकम नेपाल भित्रिरहेको जनाएको छ।
 |  सोमबार, जेठ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २३, २०७९

काठमाडौं– ‘हाम्रो पात्रो’ले आफ्नो एपबाट प्रतिमहिना १० करोडभन्दा बढी रकम नेपाल भित्रिरहेको जनाएको छ। हाम्रो पात्रो इन्कका फाउन्डर तथा सीईओ शंकर उप्रेतीले प्रयोगकर्तालाई यसका लागि धन्यवाद व्यक्त गरेका छन्।

उनले भने,  ‘यसबाट अझ काम गर्न थप हौसला प्राप्त भएको छ। म सबै प्रयोगकर्ताहरूलाई उहाँहरूको विश्वासको लागि आभार व्यक्त गर्दछु। हाम्रो लक्ष्य भनेको नेपाली प्रयोगकर्ताहरूलाई कम शुल्कमा सजिलै नेपालमा पैसा पठाउने सुविधा दिनु हो।’

रेमिट सेवा सुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफरसमेत प्रदान गरेको छ। जसअनुसार प्रयोगकर्ताले हाम्रो पात्रोबाट सुरुवाती तीन पटक १००० डलरसम्म निःशुल्क रूपमा रेमिट्यान्सबाट नेपालमा रकम पठाउन सक्नेछन्।

प्रकाशित: Jun 06, 2022| 17:15 सोमबार, जेठ २३, २०७९
प्रतिक्रिया दिनुहोस्