आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • इसेवाबाट मेटलाइफको प्रिमियम भुक्तानी गर्दा क्यासब्याक पाइने

इसेवाबाट मेटलाइफको प्रिमियम भुक्तानी गर्दा क्यासब्याक पाइने

इसेवा मार्फत अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेटलाइफको प्रिमियम भुक्तानी गर्दा रु एक हजारसम्म क्यासब्याक पाइने भएको छ।
 |  सोमबार, जेठ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २३, २०७९

काठमाडौं– इसेवा मार्फत अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेटलाइफको प्रिमियम भुक्तानी गर्दा रु एक हजारसम्म क्यासब्याक पाइने भएको छ।

इसेवा मार्फत आफ्नो जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा ०.५ प्रतिशत अर्थात् अधितम रु एक हजारसम्म क्यासब्याक पाइने भएको हो । यस्तो क्यासब्याक ४८ घण्टा भित्र पाइने छ ।

यस किसिमको क्यासब्याक बीमा शुल्क भुक्तानी गर्ने मिती बाट ७ दिनसम्म प्रिमियम भुक्तानी गर्दा पाइनेछ । यसरी भुक्तानी गर्दा इसेवाले हाल इन्स्योरेन्स्को शुल्क भुक्तानीमा सुरु गरेको लखपति योजनामा पनि सहभागी हुन सकिनेछ ।

यस योजनामा हरेकदिन एक जनाले एक हजार र बम्पर उपहारमा रु एक लाख रुपैयाँ जित्न सकिने कम्पनीले जनाएको छ। साथै मेटलाइफका कुनै पनि शाखा कार्यालयका काउण्टरबाट इसेवा तथा फोनपे को क्यूआर मार्फत पनि प्रिमियम भुक्तानी गर्न सकिन्छ । हाल इसेवाबाट सबै बीमा कम्पनीको बीमा शुल्क भुक्तानी गर्न सकिन्छ । 


प्रकाशित: Jun 06, 2022| 16:06 सोमबार, जेठ २३, २०७९
प्रतिक्रिया दिनुहोस्