आइतबार, असोज ११, २०८३

नाडा अटो शोका लागि २६ जेठबाट रजिस्ट्रेसन खुल्ने

नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले आउँदो भदौ ७ देखि १२ गतेसम्म ‘नाडा अटो शो–२०२२’ आयोजना गर्ने भएको छ। यो मेलाको १५ औँ संस्करण हो।
 |  सोमबार, जेठ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २३, २०७९

काठमाडौं– नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले आउँदो भदौ ७ देखि १२ गतेसम्म ‘नाडा अटो शो–२०२२’ आयोजना गर्ने भएको छ। यो मेलाको १५ औँ संस्करण हो। 

भृकुटीमण्डपमा आयोजना हुने प्रदर्शनीका लागि यही जेठ २६ गतेदेखि ३० गतेसम्म स्टल बुकिङका लागि रजिस्ट्रेसन खुला गरिने नाडाले जनाएको छ। सीमित ठाउँ तर प्रदर्शनीसम्बन्धी गरिएको सर्वेक्षणका आधारमा अत्यधिक माग भएकाले यस वर्ष पनि गोलाप्रथाद्वारा नै स्टल उपलब्ध गराइने नाडाले जनाएको छ। 

प्रदर्शनीमा दुईपांग्रे, चारपांग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरणहरुलाई समूहअनसार छुट्टाइएको हुँदा सोहीअनुरुप रजिस्ट्रेसन गर्न मिल्ने व्यवस्था नाडाले मिलाएको छ। विगतका संस्करणहरुमा उल्लेख्य रुपमा सोधपुछ भएकाले यस वर्षदेखि कमर्सियल भेइकलहरुलाई पनि सम्मिलित गर्ने उद्देश्यले स्टल बुकिङ रजिस्ट्रेसन आह्वान गरिएको छ। 

कोभिड संक्रमण न्यून हुँदै जाँदा सुस्त रुपमा गति लिन थालेको नेपाली अर्थतन्त्र पुनः सुस्ताइरहेको अवस्थामा यो प्रदर्शनीले केही हदसम्म भए पनि उद्योगी, व्यापारी एंव उद्यमीमाझ अनुकूल व्यावसायिक वातावरणको सम्भावनालाई प्रस्तुत गर्दै नयाँ उर्जा थप्न सक्ने आयोजकको विश्वास रहेको छ। 


प्रकाशित: Jun 06, 2022| 16:05 सोमबार, जेठ २३, २०७९
प्रतिक्रिया दिनुहोस्