काठमाडौं– विश्व वातावरण दिवसका अवसरमा आइतबार सांग्रिला डेभलपमेन्ट बैंकले इन्धन बचाउँ पृथ्वी बचाउँ, साइकल चलाउँ इन्धन बचाउँ जस्ता नाराका साथ साइकल र्याली आयोजना गरेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठले साइकल र्याली सहभागीहरुलाई इन्धन बचाउन सांग्रिला डेभलपमेन्ट बैंकले चालेका कदमहरुको विषयमा जानकारी गराएपछि र्यालीको शुरुवात गरिएको थियो।
बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट सुरु भई भाटभटेनी, नक्साल, ज्ञानेश्वर, कृष्ण पाउरोटी, पुतलीसडक, शहिदगेट, माइतीघर, भद्रकाली मन्दिर, जमल, दरबारमार्ग, लैनचौर, कालिका टावर हुँदै सांग्रिला डेभलपमेन्ट बैंक बालुवाटारमै पुगेर सम्पन्न भएको उक्त साइकल र्यालीमा बैंकका सस्थापक र सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत, बैंकको उच्च व्यवस्थापन तहका कर्मचारीहरु, विभागीय प्रमुख तथा अन्य कर्मचारीहरुको बाक्लो सहभागिता थियो।