आइतबार, असोज ११, २०८३

नेपाली बजारमा सुनको मूल्य बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार घटेको सुनचाँदीको मूल्य सोमबार तोलामा दुई सयले बढेको हो।
 |  सोमबार, जेठ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २३, २०७९

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार घटेको सुनचाँदीको मूल्य सोमबार तोलामा दुई सयले बढेको हो।

आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेर ९८ हजार १०० रुपैयाँ रहेको छ। आइतबार छापावाल सुनको मूल्य ९७ हजार ९०० रुपैयाँ रहेको थियो। 

त्यस्तै, यसअघि प्रतितोला ९७ हजार ४०० रुपैयाँ रहेको तेजावी सुनको मूल्य आज बढेर ९७ हजार ६०० रुपैयाँ पुगेको छ । 

चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर सोमबार एक हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: Jun 06, 2022| 12:21 सोमबार, जेठ २३, २०७९
प्रतिक्रिया दिनुहोस्