आइतबार, असोज ११, २०८३

वातावरण दिवसमा माछापुच्छ्रे बैंकको वृक्षरोपण

माछापुच्छ्रे बैंक लिमिटेडले विश्व वातावरण दिवस २०२२ को उपलक्ष्यमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चन्द्रागिरि नगरपालिका वडा नं.०३ स्थित सेती देवी दुमाल डाँडा जेसिज वनमा वृक्षरोपण गरेको छ।
 |  सोमबार, जेठ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २३, २०७९

काठमाडौं– माछापुच्छ्रे बैंक लिमिटेडले विश्व वातावरण दिवस २०२२ को उपलक्ष्यमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चन्द्रागिरि नगरपालिका वडा नं.०३ स्थित सेती देवी दुमाल डाँडा जेसिज वनमा वृक्षरोपण गरेको छ। 

बैंकले सफा, सुन्दर र हरितमय वातावरण बनाउन जेसिज थानकोट र लुम्बिनी वर्ल्ड पिस फोरम सँगको सहकार्यमा दश लाख वृक्षरोपण अभियान अन्तर्गत विश्व वातावरण दिवसको अवसरमा  उक्त वृक्षरोपण कार्यक्रममा सहभागी भएको  हो ।

माछापुच्छ्र्रे बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न संघ सस्थाहरुलाई सहयोग गर्दै आएको थियो। त्यस्तै बैंकले विभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरुमा पनि सरकारलाई सहयोग गर्दै आएको छ।


प्रकाशित: Jun 06, 2022| 12:20 सोमबार, जेठ २३, २०७९
प्रतिक्रिया दिनुहोस्