आइतबार, असोज ११, २०८३

सुनको मूल्य प्रतितोला ९८ हजार १००

अघिल्लो दिन प्रतितोला ९७ हजार ९०० मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला २०० ले बढेको हो।
 |  सोमबार, जेठ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २३, २०७९

काठमाडौं- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार १०० तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९७ हजार ९०० मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला २०० ले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ६०० छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार ४०० थियो।     

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले बढेर एक हजार २९० तोकिएको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८५४ डलर आसपास कारोबार भइरहेको छ।


प्रकाशित: Jun 06, 2022| 12:16 सोमबार, जेठ २३, २०७९
प्रतिक्रिया दिनुहोस्