सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सुन्दर सुदूरपश्चिम अभियानमा योगदान गरौँ : मन्त्री बडू

सुन्दर सुदूरपश्चिम अभियानमा योगदान गरौँ : मन्त्री बडू

सुदूरपश्चिम सरोकार मञ्‍चको ११औँ साधारणसभाका अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले विकास निरन्तर प्रक्रिया भएको तर यसमा कति गति दिइयो भन्‍ने कुरा महत्वपूर्ण हुने बताए। सुदूरपश्‍चिम विकासको मूल प्रवाहमा पछि परेको उल्लेख गर्दै उनले भने, 'यस क्षेत्रबाट राज्य सञ्चालनको प्रमुख भूमिका हिजो पनि थियो र आज पनि छ, विकास निर्माणमा धेरै काम पनि भएका छन्, तर त्यो पर्याप्त होइन।'
 |  आइतबार, जेठ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २२, २०७९

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सुदूरपश्चिमको सर्वाङ्गीण विकास गरी यस क्षेत्रलाई सुन्दर बनाउन सबैले आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

National life

सुदूरपश्चिम सरोकार मञ्‍चको ११औँ साधारणसभाका अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले विकास निरन्तर प्रक्रिया भएको तर यसमा कति गति दिइयो भन्‍ने कुरा महत्वपूर्ण हुने बताए। सुदूरपश्‍चिम विकासको मूल प्रवाहमा पछि परेको उल्लेख गर्दै उनले भने, 'यस क्षेत्रबाट राज्य सञ्चालनको प्रमुख भूमिका हिजो पनि थियो र आज पनि छ, विकास निर्माणमा धेरै काम पनि भएका छन्, तर त्यो पर्याप्त होइन।'

प्रजातन्त्रको पुनःस्थापनापछि सुदूरपश्चिम क्षेत्रमा तुलनात्मक बढी विकास भएको तथ्य उल्लेख गर्दै मन्त्री बडूले अझै गर्नुपर्ने पूर्वाधार विकास निर्माणका काम धेरै भएको बताए। कञ्चनपुरको सिमानामा बन्‍ने सुक्खा बन्दरगाहको महत्वका बारेमा जानकारी गराउँदै उनले यसले व्यापारमा सुविधा बढाउने र लागत घटाउने बताए। उनले योजना र बजेटमात्र भएर नहुने बताउँदै पूँजीगत खर्च गर्न नसकिए उद्देश्य हासिल नहुने बताए।

कार्यक्रममा पूर्वउपप्रधानमन्त्री भीम रावलले अहिलेको बजेटमा धार्मिक र पुरातात्विक महत्वका गन्तव्यलाई पर्यटनसँग जोड्ने राम्रा कार्यक्रम भए पनि सुदूरपश्चिम प्रदेशका त्यस्ता क्षेत्रलाई उचित मात्रामा उल्लेख नगरिनु दुःखद भएको बताए। उनले त्यस्ता कार्यक्रममा विशेषगरी खप्तड क्षेत्र छुटेको उल्लेख गर्दै बजेटमा समेट्न सरकारसँग आग्रह गरे।

पछाडि परेका सुदूरपश्चिम र कर्णाली प्रदेशको विकास र समृद्धिका लागि पश्चिम सेती र माथिल्लो कर्णाली जलविद्युत् आयोजना शीघ्र अगाडि बढाउनुपर्ने उनको सुझाव थियो। विकास निर्माणका हरेक कार्य पूर्वबाट प्रारम्भ हुने गरेकामा आगामी दिनमा सुदूरपश्चिमबाट प्रारम्भ गर्नुपर्ने उनको भनाइ थियो।

Shivam cement

पूर्वमन्त्री एनपी साउँदले सुदूरपश्चिम विकासका सन्दर्भमा पछाडि परेको उल्लेख गर्दै प्रजातन्त्रको पुनःस्थापनापछि ढिलै भए पनि सडक सञ्जालको विकास भएको र शिक्षा, स्वास्थ्य सिँचाइलगायत क्षेत्रमा प्रगति भएको बताए। यस क्षेत्रका धार्मिक र ऐतिहासिक महत्वका गन्तव्य धेरै भए पनि अपेक्षित सङ्ख्यामा पर्यटन भित्र्याउन नसकिएको उनको भनाइ थियो । सुदूरपश्चिमको विकास र समृद्धिका लागि केही कठिनाइ र चुनौती भए पनि सबैको प्रयत्नबाट त्यो सहजै सम्भव हुने उहाँले बताए।

कार्यक्रममा पूर्वमन्त्री गणेश ठगुन्ना, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, मञ्चका संस्थापक अध्यक्ष एवं नेपाल प्रहरीका पूर्व आइजिपी मोतिलाल बोहरा, मञ्चका अध्यक्ष विष्णुप्रसाद खत्रीलगायतले सुदूरपश्चिमको अवस्थाबारे चित्रण गर्दै विकासका लागि आफ्ना सुझाव दिए। 

प्रकाशित: Jun 05, 2022| 21:00 आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्