सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पोखराको पर्यटन प्रवर्द्धन गर्न 'डुलुवा समूह' भारत यात्रामा

पोखराको पर्यटन प्रवर्द्धन गर्न 'डुलुवा समूह' भारत यात्रामा

पोखराको पर्यटन प्रवर्द्धनका लागि 'डुलुवा समूह' एकमहिने यात्रामा निस्केको छ। पत्रकार सम्मेलनमार्फत् यात्राको उद्देश्यका बारेमा जानकारी दिएर सो समूहले भारतको यात्रा तय गरेको जानकारी गराएको हो।
 |  आइतबार, जेठ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २२, २०७९

पोखरा- पोखराको पर्यटन प्रवर्द्धनका लागि 'डुलुवा समूह' एकमहिने यात्रामा निस्केको छ। पत्रकार सम्मेलनमार्फत् यात्राको उद्देश्यका बारेमा जानकारी दिएर सो समूहले भारतको यात्रा तय गरेको जानकारी गराएको हो। 

National life

सुस्ताइरहेको पर्यटनलाई थप गतिशील बनाउन पोखरालगायत नेपालका प्रमुख पर्यटकीय गन्तब्यका प्रवद्र्धनात्मक सामग्री बोकेर सो टोलीले भारतको अमृतसहर, कश्मिर, कार्गिल, लदाख, मनाली, सिम्ला, देहरादुन र नैनीताल पुगेर फर्किने टोली प्रमुख योगेश भट्टराइले जानकारी दिए। 

यात्राले फरक परिवेश संस्कार, संस्कृतिको अध्ययन गर्ने र एक अर्काबीच भाइचाराको सम्बन्ध स्थापित गर्ने भएकाले घुम्ने संस्कृतिको विकासका लागि यात्रा तय गरेको उनको भनाइ छ। पहिले देश अनि विदेश भन्ने उद्देश्यसहित टोलीले यसअघि नेपालका ७० जिल्लाको यात्रा सकेर यसपटक भारतका विभिन्न स्थानको छनोट गरी यात्रा तय गरेको उनले बताए। 

उनका अनुसार सन् २००८ मा प्याराग्लाइडिङ व्यवसायमा आबद्ध र विशेषगरी घुमघाममा रुचि राख्ने युवाको जमातले पोखरा नजिकै ताङतिङ गाउँ घुम्ने क्रममा ‘डुलुवा’ नाम जुराएसँगै अहिले यो समूह घुमघामका लागि सोही नामबाट परिचित छ। 

अहिले सो समूह युवालक्षित जिम्मेवार पर्यटन प्रवर्द्धनको सोचसहित जुटेको हो। यो समूहले यात्राका क्रममा सुदूरपश्चिमका विकट बस्तीमा पुगेर न्यानो कपडा, स्कुलका सामग्री वितरण गर्ने गरेको छ।  

Shivam cement

पत्रकार सम्मेलनमा भारतीय पेन्सन क्याम्पका पोखराका लेफ्टिनेन्ट कर्णेल शशाङ्क त्रिपाठीले भारतका प्रसिद्ध र परम्परागत, ऐतिहासिक सांस्कृतिक महत्वका स्थानको छनोट गरी यात्रा तय गरेकामा उपलब्धिमूलक यात्राको शुभकामना दिए। 

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले युवा जोश जाँगरसहित आफ्नो ठाउँको विकासमा जुट्नुपर्छ भन्ने सोचका युवाले पर्यटन प्रवर्द्धनका लागि देखाएको सक्रियता र गतिविधि निकै प्रशंसनीय रहेको बताए। उनले पोखरा साहासिक गतिविधिको सहर भएकाले डुलुवा समूहले भारतका विभिन्न सहरमा यस क्षेत्रको साहासिक गतिविधिलाई पनि प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे। 

नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी सदस्य गणेशबहादुर भट्टराईले घुमघाम संस्कृतिले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने र नयाँनयाँ पर्यटकीय गन्तव्यको उजागर गर्ने बताए। पर्यटनका लागि धेरैभन्दा धेरै युवामा घुम्ने संस्कृतिको विकास गराउनुपर्ने उनको भनाइ थियो। 

समूहका अर्का सिनियर टोली प्रमुख सुनिल भट्टराइले यात्राको लक्ष्य भारतीय बजारमाझ नेपालको पर्यटनलाई प्रवर्द्धन गर्नु रहेको जनाउँदै भारतका विभिन्न ठाउँमा पत्रकार सम्मेलन गरेर प्रवर्द्धनात्मक सामग्रीसहित औपचारिक र अनौपचारिक भेटघाटलाई जोड दिइने बताए। 

नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद् लगायतको प्रवद्र्धनात्मक सहयोग गरेको डुलुवाको ‘राइड एन्ड ग्लाइड’ नामकरण गरिएको यात्राको टोलीमा नौ जना प्याराग्लाइडिङ पाइलटसहित विभिन्न पेशा व्यवसायमा आबद्ध १९ युवाको सहभागिता रहेको समूहका सदस्य विकास भट्टराईले जानकारी दिए। 

प्रकाशित: Jun 05, 2022| 14:44 आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्