आइतबार, असोज ११, २०८३

सामसङले ल्यायो एआई–इनेबल्ड इकोबब्बल वासिङ मेसिन

इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले आर्टिफिसियल इन्टेलिजेन्स स्वचालित फ्रन्ट लोड वासिङ मेसिनहरु ल्याएको छ।
 |  आइतबार, जेठ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २२, २०७९

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले आर्टिफिसियल इन्टेलिजेन्स स्वचालित फ्रन्ट लोड वासिङ मेसिनहरु ल्याएको छ। 

यी नयाँ एआई एकोबब्बल वासिङ मेसिन सहज धुलाइको अनुभवका लागि नयाँ एआइ कन्ट्रोल विशेषतासहित उपभोक्ताहरुको चाहनाअनुरुप ८ केजी र ९ केजीसम्मको क्षमतायुक्त मोडलहरु रहेका कम्पनीले जनाएको छ। 

एआइ कन्ट्रोलले तपाईंको धुलाई तरिकालाई सम्झन्छ र बुझ्ने गर्छ । साथै मेसिन लर्निङ्ग प्रयोग गरेर सबैभन्दा उपयुक्त साइकलहरुको सुझाव दिने गर्दछ । यसले लन्ड्री रेसिप, लन्ड्री प्लानिङ्ग, होमकेयर विजार्ड र स्थानमा आधारित सुझावहरु जस्ता स्मार्ट समाधानहरु प्रदान गर्ने गर्दछ । 

२०२२ का वासिङ मेसिनमा सामसङको स्वामित्व भएको इकोबब्बल प्रविधि जडित छन्, जसले ४५ प्रतिशत अतिरिक्त फेब्रिक केयर उपलब्ध गर्नुका साथै ऊर्जा बचत गर्न मद्दत गर्छ । उच्च गुणस्तरको सफाइ र स्वच्छताको सुनिश्चितता दिलाउन सम्पूर्ण नयाँ मोडलहरु हाइजिन स्टिम प्रविधिका साथ उपलब्ध छन्, जसले गढेको मयल तथा ९९.९ प्रतिशत एलर्जी जीवाणुहरु र हटाउन सक्षम छ ।

एआई इकोबब्बल नेपालको पहिलो वासिङ मेसिन हो । यसले मल्टिपल अप्सनहरु चलाउने आवश्यकता हटाएर प्रयोगको सहजता प्रदान गर्दै प्रयोगकर्ताको व्यवहारलाई बुझेर सबैभन्दा उपयुक्त धुलाई साइकल  सिफारिस गर्दछ । यो स्मार्ट इन्टरनेट अफ थिङ्ग्स (आइओटि) सक्षम वासिङ मेसिन ग्यालेक्सी स्मार्टफोनहरु, सामसङ स्मार्ट टिभी, स्मार्ट उपकरणहरु साथसाथै भ्वाइस उपकरणहरु एलेक्सा र गुगल होमसँग कनेक्ट गर्न सकिन्छ ।

यी सम्पूर्ण नयाँ वासिङ मेसिनहरु नेपालभरका सबै खुद्रा बिक्री साझेदारहरुमा सामसङको आधिकारिक वितरकहरु हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारमार्फत उपलब्ध हुनेछ । यी मेसिनहरुको सुरुवाती मूल्य १ लाख १७ हजार ९९० रुपैयाँ कायम गरिएको छ ।

१ वर्षको वारेन्टी र डिटिआई मोटरमा १० वर्षको वारेन्टी उपलब्ध हुनेछ । यस्तै वासिङ मेसिन किन्न चाहने उपभोक्ताले चुनिएका सामसङ स्मार्ट प्लाजाहरुबाट शून्य लागत मासिक किस्ताबन्दीमा पनि सजिलो फाइनान्सिङ विकल्पहरु प्राप्त गर्ने कम्पनीले जनाएको छ । 

प्रकाशित: Jun 05, 2022| 12:29 आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्