आइतबार, असोज ११, २०८३

शौर्य सिमेन्टद्वारा वृक्षरोपण

शौर्य सिमेन्टले आफ्नो उद्योग परिसर भित्र वृक्षरोपण गरेको छ। शौर्य सिमेन्टका विक्रेताहरू, उद्योग परिसरका कर्मचारीहरूलाई सहभागी गरी शौर्य सिमेन्टले वृक्षरोपण गरेको हो।
 |  आइतबार, जेठ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २२, २०७९

काठमाडौं– शौर्य सिमेन्टले आफ्नो उद्योग परिसर भित्र वृक्षरोपण गरेको छ। शौर्य सिमेन्टका विक्रेताहरू, उद्योग परिसरका कर्मचारीहरूलाई सहभागी गरी शौर्य सिमेन्टले वृक्षरोपण गरेको हो।

विभिन्न प्रजातीका फलफूल जस्तै– आँप, लिची, अम्बा, कागती, नरिवल जस्ता वृक्ष रोपिएको थियो। उक्त वृक्षरोपणमा प्रत्येक विक्रेता र कर्मचारीको नाम, बिरुवा रोपिएको मिति, बिरुवाको प्रजाति र जैविक नाम अङ्कित गरी नेमप्लेटलाई बिरुवा सँगै राखिएको छ। उक्त रोपिएको विरुवालाई हुर्काउन मलजल गर्न मालीको जनशक्ति परिचालन गरिएको छ। 

शौर्य सिमेन्टले बढ्दो प्रदूषणलाई मध्यनजर राखेर, आफ्नो क्षेत्रलाई  प्रदूषण रहित र हरियाली युक्त बनाउन अग्रसर रहेको बताएको छ।  आफ्नो समाज प्रतिको दायित्वलाई निभाइरहेको शौर्यले भावी दिनहरूमा पनि वृक्षरोपण कार्यक्रम गर्ने योजना रहेको जनाएको छ।


प्रकाशित: Jun 05, 2022| 12:14 आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्