सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • गैरसरकारी संस्था ‘छोरी’मा एनएमबि बैंकको वित्तीय साक्षरता कार्यक्रम

गैरसरकारी संस्था ‘छोरी’मा एनएमबि बैंकको वित्तीय साक्षरता कार्यक्रम

एनएमबि बैंकले विभिन्न कारणले जोखिममा परेका महिलालाई उद्धार तथा सशक्तीकरण गर्दै आएको गैरसरकारी संस्था ‘छोरी’मा आबद्ध दिदीबहिनीलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ।
 |  आइतबार, जेठ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २२, २०७९

काठमाडौं– एनएमबि बैंकले विभिन्न कारणले जोखिममा परेका महिलालाई उद्धार तथा सशक्तीकरण गर्दै आएको गैरसरकारी संस्था ‘छोरी’मा आबद्ध दिदीबहिनीलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। 

National life

कार्यक्रममा छोरी संस्थाका ५५ जना दिदीबहिनीको उपस्थिति थियो। बैंकको लघुवित्त विभागद्वारा आयोजित कार्यक्रममा उपस्थित दिदीबहिनीलाई उत्प्रेरणाका साथैै बचत, लगानी, विभिन्न प्रकारका कर्जा तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य बिभिन्न सेवाहरुको विषयमा वित्तीय शिक्षा प्रदान गरिएको थियो। 

कार्यक्रममा एनएमबि बैंकका तर्फबाट कर्मचारी डा बुद्धि मल्ल, शरद पौडेल, नवीन पन्थी र छोरी संस्थाको तर्फबाट कार्यक्रम संयोजक शारदा पुरीको उपस्थिति थियो। 

विगतका वर्षदेखि नै महिला उद्यमशील सहुलियतपूर्ण कर्जा लगानीमा अग्रणी रहेको बैंकले महिला सशक्तीकरणका लागि विभिन्न समयमा विभिन्न समूहहरु लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ। 

छोरी संस्थाका दिदीबहिनीलाई गरिएको यो कार्यक्रमले उनीहरुमा वित्तीय ज्ञान प्राप्त भई आत्मनिर्भर बन्न सघाउ भई समग्र अर्थतन्त्रलाई नै सकरात्मक प्रभाव पर्ने बैंकले विश्वास लिएको छ। बैंक र छोरी संस्था दुवैले भविष्यमा पनि यस्ता बित्तीय साक्षरता कार्यक्रम तथा अन्य सम्भावित कार्यक्रममा सहकार्य गर्ने जानकारी गराएका छन्।

Shivam cement

एनएमबि बैंकले दि फिनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ बाट सम्मानित भएको बैंक हो। एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेकको छ।  


एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: Jun 05, 2022| 12:02 आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्