आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वातावरण दिवसमा खुकुरी रम उत्पादक नेपाल डिस्टिलरिजको प्रतिबद्धता

वातावरण दिवसमा खुकुरी रम उत्पादक नेपाल डिस्टिलरिजको प्रतिबद्धता

खुकुरी रम उत्पादक दी नेपाल डिस्टिलरिज प्रालिले आगामी ३ वर्षभित्र उत्पादन प्रक्रियाका क्रममा निस्कने फोहोरहरू शून्यमा झार्ने प्रतिबद्धता गरेको छ ।
 |  आइतबार, जेठ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २२, २०७९

काठमाडौं– खुकुरी रम उत्पादक दी नेपाल डिस्टिलरिज प्रालिले आगामी ३ वर्षभित्र उत्पादन प्रक्रियाका क्रममा निस्कने फोहोरहरू शून्यमा झार्ने प्रतिबद्धता गरेको छ । 

९८ प्रतिशत फोहोर व्यवस्थापन गरेको दाबी गर्दै कम्पनीले आगामी ३ वर्षभित्र शून्यमा झार्ने र पुनः प्रयोग गर्ने अवस्था बनाउने प्रतिबद्धता व्यक्त गरेको हो । 

विश्व वातावरण दिवसको अवसर पारेर कम्पनीले विज्ञप्ति जारी गर्दै सन् २०३२ सम्ममा शतप्रतिशत दिगो प्याकेजिङलाई कार्यान्वयनमा ल्याइसक्ने दाबी पनि गरेको छ । 

‘अहिले पनि सकेसम्म वातावरणमा हुन सक्ने नकारात्मक प्रभावलाई कम गर्न निरन्तर हाम्रा सप्लायर्स र विज्ञहरूसँग काम गरिरहेका छौं,’ कम्पनीका महाप्रबन्धक सुभास लामिछानेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी ग्रीन इनर्जीमा समेत काम गरिरहेका छौं । आगामी तीन वर्षभित्रमा हामी ग्रीन इनर्जीको अवधारणालाई कार्यान्वयनको तहमा पुर्‍याइसक्नेछौं ।’

साथै कम्पनीले विगत २ वर्षदेखि नेपाली सेनासँगको सहकार्यमा हिमाल सरसफाइमा काम गरिरहेको भन्दै आगामी दिनहरूमा समेत यो सहकार्य जारी राख्ने प्रतिबद्धतासमेत गरेको छ । 

‘हामी हाम्रा बोतलहरू पुनः प्रयोग गर्नेछौं । हाल हाम्रा उत्पादनमा प्रयोग हुने बोतलहरू संकलन गर्ने इकोसिस्टमको विकास गरिरहेका छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘अत्याधुनिक प्रविधिको सहयोगले बोतलहरू सफा गरी पुनः प्रयोग गर्ने थिति बसाल्ने काममा समेत हामी अग्रसर छौं । हाल नेपालमा यो अभ्यास धेरैजसो बियर उद्योगहरूले गरिरहेका छन् ।’

दी नेपाल डिस्टिलरिज प्रालि संगठनात्मक क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उत्पादक कम्पनी हो । 

प्रकाशित: Jun 05, 2022| 11:55 आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्