आइतबार, असोज ११, २०८३

एसियन पेन्ट्स नेपालको कलर नेक्स्ट २०२२ सम्पन्न

एशियन पेन्ट्स नेपालले कलर नेक्स्ट २०२२ को सफलतापूर्वक सम्पन्न गरेको छ, जसमा सोसाइटी अफ नेपालिज आर्किटेक्ट्स र इन्टेरियर डिजाइनर एसोसिएसन नेपाललगायतका आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूको सहभागिता रहेको थियो ।
 |  आइतबार, जेठ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २२, २०७९

काठमाडौं– एशियन पेन्ट्स नेपालले कलर नेक्स्ट २०२२ को सफलतापूर्वक सम्पन्न गरेको छ, जसमा सोसाइटी अफ नेपालिज आर्किटेक्ट्स र इन्टेरियर डिजाइनर एसोसिएसन नेपाललगायतका आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूको सहभागिता रहेको थियो ।

एसियन पेन्ट्सले वार्षिक रूपमा कलर नेक्स्ट आयोजना गर्दै आएको छ, जसले विश्वव्यापी, सामाजिक–सांस्कृतिक तथा वातावरणीय प्रवृत्तिहरूको अध्ययन गरेर डिजाइनको दिशानिर्देश हासिल गर्न योगदान पुर्याउँदै आएको छ ।

यस कार्यक्रमका सहभागीहरूले डिजाइन उद्योगमा प्रासंगिकतायुक्त फरक प्रवृत्ति पत्ता लगाउन विशेषज्ञ अन्तरवार्ता, संयुक्त कार्यशालाहरूका साथै अनुसन्धानमार्फत ६ महिना कडा अनुसन्धान गर्नुपर्ने हुन्छ ।

जेठ २० गते हयात रिजेन्सी होटलमा आयोजित कलर नेक्स्ट २०२२ कार्यक्रममा एशियन पेन्ट्स ग्लोबलका प्रमुख कार्यकारी अधिकृत प्रज्ञान कुमारले स्वागत भाषणबाट आरम्भ गरेको कार्यक्रममा एशियन पेन्ट्स ग्लोबलका क्षेत्रीय प्रमुख सिरीश राव र एशियन पेन्ट्स नेपालका प्रमुख जी गोपालकृष्णनले प्रस्तुति दिएका थिए । 

कार्यक्रममा एशियन पेन्ट्स नेपालले आर्किटेक्ट र इन्टेरियर डिजाइनरका लागि मुड बोर्ड प्रतियोगिता शुरु गरेको थियो । मुड बोर्ड प्रतियोगिताका उत्कृष्ट ५ विजेताहरुलाई  एशियन पेन्ट्स नेपालले पुरस्कृत गर्नेछ ।


प्रकाशित: Jun 05, 2022| 11:51 आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्