मंगलबार, असार ९, २०८३

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्छ : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने विषयमा सरकार स्पष्ट रहेको बताएका छन्।
 |  शनिबार, जेठ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २१, २०७९
National life
Shivam cement

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने विषयमा सरकार स्पष्ट रहेको बताएका छन्।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ४६औँ साधारणसभालाई आज सम्बोधन गर्दै मन्त्री शर्माले सो धारणा सार्वजनिक गरेका हुन्। ‘निजगढ विमानस्थल बनाउनुपर्छ, बन्छ। यो मेरोको प्रतिबद्धता भयो,’ उनले भने, ‘यो सरकारले निजगढ विमानस्थललाई उच्च प्राथमिकतामा राखेको छ।’

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिक रूपमा मात्र नभएर मधेस र मुलुकै सर्वाङ्गीण आर्थिक विकासका लागि निजगढ विमानस्थल चाहिएको बताए। उनले निजगढ विमानस्थल र काठमाडौँ–तराई द्रुत मार्गलाई सँगसँगै जोड्नु आवश्यक रहेको बताए।

 सर्वोच्च अदालतले हालै सो विमानस्थल निर्माणको सम्पूर्ण प्रक्रिया रोक्न आदेश दिइसकेको छ। 
प्रकाशित: Jun 04, 2022| 19:27 शनिबार, जेठ २१, २०७९
प्रतिक्रिया दिनुहोस्