मंगलबार, असार ९, २०८३

भक्तपुरलाई २ अर्ब ४३ करोड २९ लाख बजेट विनियोजन

सरकारले भक्तपुरका चार नगरपालिकामध्ये चाँगुनारायणलाई सबैभन्दा बढी र मध्यपुथिमि नगरपालिकालाई सबैभन्दा कम बजेट विनियोजन गरेको छ।
 |  शनिबार, जेठ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २१, २०७९

भक्तपुर- सरकारले आर्थिक वर्ष २०७९/८० का लागि भक्तपुर जिल्लालाई कूल दुई अर्ब ४३ करोड २९ लाखको बजेट विनियोजन गरेको छ।

National life

सरकारले भक्तपुरका चार नगरपालिकामध्ये चाँगुनारायणलाई सबैभन्दा बढी र मध्यपुथिमि नगरपालिकालाई सबैभन्दा कम बजेट विनियोजन गरेको छ।

सरकारले बजेट भाषणमार्फत यहाँका चार नगरमा विनियोजन गरेको बजेटमध्ये चाँगुनारायणले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ६६ करोड ७२ लाख पाउने भएको हो।

भक्तपुरको जिल्लाको आधाभन्दा बढी क्षेत्रफल ओगटेको चाँगुनारायणले समानीकरणतर्फ १८ करोड १४ लाख, ससर्त अनुदानतर्फ ४२ करोड २३ लाख, विशेष अनुदान दुई करोड र समपूरकतर्फ चार करोड गरी ६६ करोड ७२ लाख बजेट पाएको हो। जसमा चालूतर्फ ४९ करोड ७९ लाख र पूँजीगत १६ करोड ९३ लाख पाएको हो।

जिल्लाको पुरानो नगरकारुपमा रहेको भक्तपुर नगरले समानीकरणतर्फ २३ करोड ६९ लाख, सशर्ततर्फ ३६ करोड ५० लाख, विशेष अनुदान तीन करोड र समपूरकतर्फ ५० लाख बजेट प्राप्त गरेको छ। यस नपाले चालूतर्फ ५९ करोड ३४ लाख र पूँजीगततर्फ चार करोड ३५ लाख बजेट पाएको हो।

Shivam cement

त्यस्तै सूर्यविनायक नगरले समानीकरणतर्फ २२ करोड ७७ लाख र ससर्ततर्फ ४० करोड आठ लाख पाएको छ। जसमा चालूतर्फ ४८ करोड ७५ लाख र पूँजीगततर्फ १४ करोड १० लाख अन्तरसरकारी बजेट पाएको हो। यस नपाले कूल ६२ करोड ८५ लाख बजेट पाएको छ।

त्यस्तै मध्यपुरथिमि नगरले भने यस पटक जिल्लामा चार नपामध्ये सबैभन्दा कम सङ्घीय सरकारको बजेट पाउने छ। यस नगरले अन्तरसरकारी हस्तान्तरणमार्फत ५० करोड तीन लाख मात्रै बजेट पाएको हो। मध्यपुरथिमि नपाले समानीकरणतर्फ २४ करोड १९ लाख, ससर्ततर्फ २५ करोड १४ लाख र समपूरकमा ७० लाख बजेट पाएको छ। जसमा चालूतर्फ ४६ करोड १९ लाख र पूँजीगततर्फ तीन करोड ८४ लाख रुपैयाँ रहेको छ।

सङ्घीय सरकारले भक्तपुर र चाँगुनारायण नगरलाई विशेष अनुदान दिए पनि सूर्यविनायक र मध्यपुरथिमि नगरले भने विशेष अनुदान पाउन सकेनन्। भक्तपुर नपाले तीन करोड र चाँगुनारायण नपाले दुई करोड विशेष अनुदान पाएका छन्।

सूर्यविनायक नगरले यस वर्ष समपूरक बजेटसमेत पाएन। जिल्लाका भक्तपुर, मध्यपुरथिमि र चाँगुनारायण नपाले समपूरक बजेट पाएका छन्। जसमा चाँगुनारायण नपाले सबैभन्दा बढी चार करोड समपूरक बजेट पाएको छ भने मध्यपुरथिमि नपाले ७० लाख र भक्तपुरले ५० लाख रुपैयाँ समपूरक बजेट पाएको छ।    -रासस

प्रकाशित: Jun 04, 2022| 19:00 शनिबार, जेठ २१, २०७९
प्रतिक्रिया दिनुहोस्