आइतबार, असोज ११, २०८३

सर्लाहीमा ७ अर्ब बजेट विनियोजन

यही जेठ १५ गते संसद्मा प्रस्तुत आर्थिक वर्ष २०७९/८० को बजेटमा जिल्लाका २० स्थानीय तहलाई संघीय सरकारले सात अर्ब १८ करोड १५ लाख रुपैयाँ अर्ब बजेट विनियोजन गरेको हो।
 |  शनिबार, जेठ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २१, २०७९

सर्लाही- सर्लाहीका २० स्थानीय तहलाई संघीय सरकारले करिब सवा सात अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ।

यही जेठ १५ गते संसद्मा प्रस्तुत आर्थिक वर्ष २०७९/८० को बजेटमा जिल्लाका २० स्थानीय तहलाई संघीय सरकारले सात अर्ब १८ करोड १५ लाख रुपैयाँ अर्ब बजेट विनियोजन गरेको हो।

११ नगरपालिका र नौ गाउँपालिकामध्ये सबैभन्दा धेरै बजेट लालबन्दी नगरपालिकाले पाएको छ। लालबन्दीका लागि ६४ करोड चार लाख, हरिवनका लागि ५७ करोड ७७ लाख, ईश्वरपुरका लागि ४७ करोड ३९ लाख, बरहथवाका लागि ४७ करोड २५ लाख, गोडैताका लागि ४५ करोड ३२ लाख, मलंगवाका लागि ४३ करोड ८१ लाख, बलराका लागि ४० करोड ७९ लाख, वाग्मतीका लागि ३८ करोड ४२ लाख, कविलासीका लागि ३७ करोड २९ लाख, हरिपुरका लागि ३२ करोड ४२ लाख र हरिपूर्वा नगरपालिकाका लागि ३१ करोड ३२ लाख रुपैयाँ बजेट विनियोजन भएको हो।

जिल्लाका नौ गाउँपालिकामध्ये सबैभन्दा धेरै विष्णु गाउँपालिका र सबैभन्दा कम बजेट पर्सा गाउँपालिकाले पाएका छन्। विष्णुका लागि ३० करोड ६२ लाख, कौडेनाका लागि २९ करोड ६४ लाख, ब्रम्हपुरीका लागि २९ करोड ४१ लाख, चन्द्रनगरका लागि २६ करोड ७० लाख, बसबरियाका लागि २५ करोड ५० लाख, चक्रघट्टाका लागि २३ करोड ३६ लाख, रामनगरका लागि २३ करोड ३१ लाख, धनकौलका लागि २३ करोड चार लाख र पर्सा गाउँपालिकाका लागि २० करोड ७५ लाख रुपैयाँ बजेट छुट्ट्याइएको छ।

संघीय सरकारपछि अब प्रदेश सरकारले आउँदो असार १० गते आआफ्नो प्रदेशसभामा बजेट प्रस्तुत गर्दै छन्। त्यसपछि असार १५ गते देशभरका सबै पालिकाले आआफ्नो गाउँ तथा नगरसभामा पालिकाको बजेट प्रस्तुत गर्नेछन्। पालिकाहरूले संघीय र प्रदेश सरकारबाट विनियोजन भएको बजेटमा आन्तरिक आम्दानीको आकलन गरी बजेट ल्याउनेछन्।        -रासस

प्रकाशित: Jun 04, 2022| 17:30 शनिबार, जेठ २१, २०७९
प्रतिक्रिया दिनुहोस्