मंगलबार, असार ९, २०८३

खोटाङमा ३ अर्ब ६२ करोड बजेट

अर्थ मन्त्रालयले दुई नगरपालिका र आठ गाउँपालिका रहेको यस जिल्लाका लागि समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान गरी तीन अर्ब ६२ करोड एक लाख बजेट उपलब्ध गराएको हो।
 |  शनिबार, जेठ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २१, २०७९

खोटाङ- नेपाल सरकारले आर्थिक वर्ष २०७९/८० का लागि खोटाङका दश स्थानीय तहलाई साढे तीन अर्बभन्दा बढी बजेट विनियोजन गरेको छ।

National life

अर्थ मन्त्रालयले दुई नगरपालिका र आठ गाउँपालिका रहेको यस जिल्लाका लागि समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान गरी तीन अर्ब ६२ करोड एक लाख बजेट उपलब्ध गराएको हो।

जिल्लाको सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरलाई ६५ करोड १५ लाख र सबैभन्दा कम बराहपोखरी गाउँपालिकालाई २४ करोड २४ लाख बजेट छुट्याइएको हो।

हलेसी तुवाचुङ नगरलाई ४९ करोड छ लाख, ऐसेलुखर्क गाउँपालिकालाई ३२ करोड ४९ लाख, केपिलासगढी गाउँपालिकालाई २५ करोड ८६ लाख, खोटेहाङ गाउँपालिकालाई ४३ करोड एक लाख बजेट विनियोजन गरिएको छ।

यस्तै जन्तेढुङ्गा गाउँपालिकालाई २९ करोड ९५ लाख, दिप्रुङ चुइचुम्मा गाउँपालिकालाई ३७ करोड ९२ लाख, साकेला गाउँपालिकालाई २५ करोड ६० लाख र रावाबेँसी गाउँपालिकालाई २८ करोड ७३ लाख बजेट विनियोजन भएको अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा उल्लेख छ।

Shivam cement

अर्थ मन्त्रालयले गत वर्ष १० स्थानीय तहका लागि तीन अर्ब ५७ करोड ६४ लाख बजेट उपलब्ध गराएको थियो।  गत वर्षको तुलनामा यस वर्ष खोटाङका १० स्थानीय तहका लागि छ लाख मात्र बजेट बढेर आएको छ। जिल्लामा सञ्चालित राष्ट्रिय गौरवका आयोजना तथा अन्य साना-ठूला दर्जनौँ नयाँ योजनाका लागि अर्थ मन्त्रालयबाट बजेट विनियोजन भएको छ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने रावाबेँसी गाउँपालिका–२ लामीडाँडास्थित रभुँवाघाटबाट उत्पादन गर्न लागिएको ६३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि यस वर्ष ९४ करोड बजेट विनियोजन भएको छ।

मध्यपहाडी लोकमार्ग तथा सगरमाथा राष्ट्रिय राजमार्गलाई यस वर्षको बजेटमा समावेश गरेको पाइएको छ। यस्तै दिक्तेल बजार भएर भोजपुर जोड्ने मध्यपहाडी लोकमार्ग तथा दिक्तेलबाट उदयपुरको गाईघाट हुँदै पूर्वी तराईका जिल्ला जोड्ने सगरमाथा राष्ट्रिय राजमार्ग कालोपत्रको काम भइरहेको छ।

सङ्घीय सरकारअन्तर्गत विभिन्न मन्त्रालयबाट बजेट विनियोजन भएर जिल्लामा सञ्चालित क्रमागत योजनालाई भने यस वर्ष पनि निरन्तरता दिएको पाइएको छ। जिल्लामा सञ्चालित सडक, सडक पुल, खानेपानी, भवन निर्माण जस्ता साना–ठूला योजनालाई सरकारले यस वर्ष पनि निरन्तरता दिएको हो।

प्रकाशित: Jun 04, 2022| 15:54 शनिबार, जेठ २१, २०७९
प्रतिक्रिया दिनुहोस्