आइतबार, असोज ११, २०८३

बैतडीमा बजेट : सबैभन्दा बढी पाटनमा

आगामी आर्थिक वर्षका लागि पाटन नगरका लागि ४९ करोड ३६ लाख बजेट विनियोजन भएको छ।
 |  शनिबार, जेठ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २१, २०७९

बैतडी- संघीय सरकारले सार्वजनिक गरेको आगामी आर्थिक बर्ष २०८९/८० को बजेटअनुसार सबैभन्दा बढी बैतडीको पाटन नगरपालिकामा विनियोजन गरिएको छ।

आगामी आर्थिक वर्षका लागि पाटन नगरका लागि ४९ करोड ३६ लाख बजेट विनियोजन भएको छ। यस्तै जिल्लाको दशरथचन्द नगरका लागि ४७ करोड २९ लाख, पुर्चौंडी नगरका लागि ४८ करोड ४९ लाख र मेलौली नगरका लागि ३८ करोड १५ लाख बजेट विनियोजन भएको हो।

गाउँपालिकामा सबैभन्दा बढी दोगडाकेदार गाउँपालिकाका लागि ३८ करोड ९० लाख बजेट विनियोजन भएको छ।

डिलाशैनी गाउँपालिकाका लागि ३६ करोड ४४ लाख, पञ्चेश्वर गाउँपालिकाका लागि ३० करोड ८४ लाख, सिगास गाउँपालिकाका लागि ३२ करोड ३७ लाख, सुर्नया गाउँपालिकाका लागि ३२ करोड ४० लाख र शिवनाथ गाउँपालिकाका लागि २५ करोड ९९ लाख विनियोजन भएको छ। बैतडीमा ६ गाउँपालिका र ४ नगर गरी १० स्थानीय तह छन्।

प्रकाशित: Jun 04, 2022| 15:22 शनिबार, जेठ २१, २०७९
प्रतिक्रिया दिनुहोस्