आइतबार, असोज ११, २०८३

रुसबाट आयात हुने इन्धनमा युरोपेली संघको प्रतिबन्ध

युरोपेली संघले रूसबाट आयात हुने इन्धनमा प्रतिबन्ध लगाएको छ। रूसले युक्रेनमाथि आक्रमण गरेको सय दिन पुगेको पनि उसले आक्रमण रोकेको छैन।
 |  शनिबार, जेठ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २१, २०७९

काठमाडौं- युरोपेली संघले रूसबाट आयात  हुने इन्धनमा प्रतिबन्ध लगाएको छ। रूसले युक्रेनमाथि आक्रमण गरेको सय दिन पुगेको पनि उसले आक्रमण रोकेको छैन। आक्रमण नरोकिएकाले इन्धन आयातमा औपचारिक रुपमा प्रतिबन्ध गरिएको संघको घोषणा छ।

रूसबाट इन्धन आयातमा प्रतिबन्ध लगाउनु पर्नेबारेमा यसअघि लामो छलफल र बहस भएको थियो। दुई देशबीचको युद्धले विश्व राजनीति र अर्थतन्त्रमा नकारात्मक असर परेको छ। रुस र युक्रेनलाई अन्तर्राष्ट्रिय निकायले वार्तामार्फत तत्काल विवाद अन्त्य गर्न आग्रह गर्दै आएका छन्।

एक अर्कालाई निषेध गरेर समस्याको समाधान नहुने भन्दै अन्तर्राष्ट्रिय निकायले वार्ता र सम्वादमा जुट्न आग्रह गरेका हुन्। 

भारतले पनि तत्काल विवाद अन्त्यका लागि पहल गर्नुपर्नेमा जोड दिएको छ। शुक्रबार ग्लोबसेक–२०२२ ब्राटिस्लाभा फोरममा बोल्दै भारतका विदेश मन्त्री जयशंकरले भने, ‘हामी मानिसहरूलाई रुसी तेल किन्न पठाउँदैनौं, उनीहरूलाई बजारबाट उत्कृष्ट तेल खोजी गर्दा रूसी उत्पादनले पनि स्थान पाउने गरेको हो।’

भारतीय विदेश मन्त्री एस जयशङ्करले रुसबाट कच्चा तेल किनेर आफूहरूले कुनै गल्ती नगरेको बताए।

प्रकाशित: Jun 04, 2022| 07:34 शनिबार, जेठ २१, २०७९
प्रतिक्रिया दिनुहोस्