आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

मिरुना-फुर्वा प्रकरणका अनुत्तरित प्रश्‍न

मिलापत्र गरेको ४ दिनपछि म निर्दोष छु भन्‍ने फुर्वा कतै नै निर्दोष रहेछन् भने यसको क्षतिपूर्ति कसले व्यहोर्ने? भोलि उनलाई बौद्धमार्गी तथा लामाहरूले बहिष्कार गरे भने उनको यात्रा के हुन्छ? यो कुरा कबड्डी निर्माण टिमले सोच्यो? यदि मिरुना नै वास्तविक ‘सिकार’ हुन् भने उनलाई न्याय दिलाउन र यदि फुर्वा तामाङ निर्दोष हुन् भने उनको चरित्र सच्याउन निर्माण टिमले प्रहरीको जिम्मा लगाउनु पर्थ्यो।
 |  शुक्रबार, जेठ २०, २०७९
nespernesper

राज सरगम

राज सरगम

शुक्रबार, जेठ २०, २०७९

चलचित्र कबड्डी-४ चलिरहेको समयमा हलमा नायिक मिरुना र एक दर्शकको रुपमा आएका भिक्षुबीचको दुर्व्यवहार प्रकरणले अहिले सामाजिक सञ्‍जालमा पक्ष-विपक्षमा विभिन्‍न तर्कहरु भइरहेका छन्। जेठ १५ गते सिभिल मलमा फिल्म हेरर फर्केपछि दुर्व्यवहार भएको भनिएको घटनामा जेठ १७ गते दुर्व्यवहारमा परेकी नायिका मिरुना र दुर्व्यवहार गरेका भनिएका फुर्वा तामाङबीच मिलापत्र भयो। जेठ २० मा आइपुग्दा दुर्व्यवहारका आरोपी भनिएका फुर्वाले आफू निर्दोष रहेको दाबी गरेका छन्। 

triton college

फुर्वा र मिरूनालाई ‘कबड्डीः द फाइनल म्याच’ को निर्माण टिमले मिलापत्र गराएको थियो। मिरूनालाई दुर्व्यवहार गरेको आरोपमा एक दिन हिरासतमा बसेर तीन हजार रुपैयाँ धरौटी तिरेर रिहा भएका फुर्वाको पछिल्लो दाबी सार्वजनिक भएपछि यो प्रकरणले फरक मोड लिएको हो। मिलापत्र गरिसकेपछि निर्माण पक्षदेखि प्रहरीसम्म चुपचाप भएको अवस्थामा फुर्वाले असन्तुष्टि पोखेपछि यो विषय अझ तन्किने देखिएको छ। 

एक नायिकामाथि भएको दुर्व्यवहारको विषयमा प्रहरीले अनुसन्धान थालिसकेपछि, आरोपित भनिएका व्यक्ति पक्राउ परिसकेपछि प्रहरीको उपस्थिति बिना नै गरिएको मिलापत्रको कानुनी हैसियत के हुन्छ? निर्माण टिमले गराएको मिलापत्रमा यो विषयलाई नजरअन्दाज गरिएको छ। मात्र चलचित्रको व्यापारलाई स्वार्थ बनाइएको छ। मिलापत्र गराउन प्रमुख भूमिका कलाकार दयाहाङ राईले खेलेका छन्। मिरुना–फुर्वा प्रकरणमाथि दयाहाङ राईले हस्तक्षेप गर्नुको अर्थ के?

फुर्वाका अनुसार, नायिका मगरले आफ्नो जीवन नै सिनेमा भएको बताउँदै आफूलाई जोगाइदिन आग्रह गर्दै रोएकी थिइन्। घटनाको बेलिविस्तारका क्रममा फुर्वाले मिलापत्रको दिन पनि सम्झिएका छन्। मिलापत्रमा राखिने शब्दका विषयमा आधा घण्टा जति विवाद भएको, नायिका मगर रुन थालेपछि आफूलाई माया लागेर मिलापत्र कागजमा आफूले गल्ती नगरेको कुरामा हस्ताक्षर गरेको र उनलाई बचाउन आफैँबाट गल्ती भएको भनिदिएको उनको दाबी छ। 'मान्छेले उहाँलाई धेरै नराम्रो भन्दैछ। उहाँलाई यस्तो नहोस्, हामीलाई पनि नराम्रो नहोस्। उहाँलाई बचाउन यस्तो लेखेकोमा सही गरेको हो,' उनको भनाइ छ। 

सेल्फी खिचेर फर्किने क्रममा भिडमा ठेलमठेल भएपछि धक्का लाग्‍ने बित्तिकै मिरुनाले आफूलाई थप्पड हानेको फुर्वाले दाबी गरेका छन्। फुर्वाले भनेका छन्, ‘एकदम भीड थियो। मलाई मनदेखि फोटो खिच्‍न मन लाग्यो। सेलिब्रेटीसँग फोटो खिच्‍न कहिलेकाहीँ मात्र पाउँछ भन्‍ने लाग्यो। अनि जाँदा हिरोइन भेटेपछि फोटो पनि खिचेँ। यस्तो फर्केको थिएँ, मान्छेको धक्का लागे जस्तो भएपछि उहाँले एक झापड हान्‍नुभयो। सरी माग भन्यो अनि सरी मागेँ।’

Metro Mart
vianet

फुर्वाको दाबी मान्‍ने हो भने मिरुनाको चरित्र बचाउन दयाका भावले मिलापत्रमा हस्ताक्षर भएको हो। के कारणले दया पलायो फुर्वालाई मिरुनामाथि? 

000

मिरूनाले आरोपी फुर्वालाई ‘भाइ’ भनेर माफी दिएको मिलापत्रमा लेखिएको छ। यदि कुनै पुरूषले महिलामाथि दुर्व्यवहार गर्छ र घटनापछि पीडित महिलाले नै नाता लगाएर माफी दिनुपर्छ भने त्यो आरोपीलाई संरक्षण पनि हो। के मिरूनाले आफ्नो करिअरकै लागि आरोपी फुर्वालाई माफी दिएकी हुन्? के करिअरको चक्करमा उनले दोषीलाई संरक्षण गरिरहेकी हुन्? पीडक भनिएका व्यक्तिलाई पिट्ने, प्रहरीको जिम्मा लगाउने र उनै पीडक भनिएका व्यक्तिसँग रोइकराइ गरेर मिलापत्रका लागि तयार हुनुको अर्थ के? यसले अर्को दुविधा उब्जाएको छ। 

‘लालपुर्जा’बाट सिनेमा क्षेत्रमा प्रवेश गरेकी मिरुनाका चलचित्र मध्यमस्तरकै व्यापार गरेका छन्। अहिले कबड्डी–४ ले भने राम्रो व्यापार गरिरहेको छ। कबड्डी ४ को निर्माण टिमले चलचित्र प्रर्दशन रोकिने डरले मिलापत्र गर्न बाध्य परेको देखिन्छ। त्यसको प्रमाण मिलापत्रका साक्षी नै काफी छन्। फिल्मको व्यापारमा अवरोध नआओस् भनेर निर्माण टिमले मिरुनामाथि भएको दुर्व्यवहारलाई यति हल्का रूपमा लिइदिनु नहुने फिल्म क्षेत्रकै अगुवा बताउँछन्। फिल्म चलाउनकै लागि नायिकाले दुर्व्यवहारमा सम्झौता गर्नुपर्छ भन्‍ने हुँदैन। 

गलत कुरालाई संरक्षण गर्नु कति न्यायोचित हो? जो समाजका विकृति र विसंगतिविरुद्ध कलामार्फत सन्देश दिइरहेका हुन्छ? उही नै पीडक र पीडितलाई ‘कन्भिन्स’ गर्दै मिलापत्र गराउनुको उद्देश्य सिनेमा चलाउनु मात्रै हो त? पीडित नायिकाले यौन हिंसा सहिदिएर पुरुष कलाकारले खेलेको फिल्मको व्यापार उकासिदिनु पर्ने हो? नत्र पीडितको पक्षमा किन बोलेनन् दयाहाङ? 

निर्माण टिमले जसरी फिल्मको चिन्ता गर्‍यो। त्यसैगरी फुर्वा तामाङको पनि चिन्ता गर्नुपर्ने थियो। त्यसैगरी मिरुनाको पनि चिन्ता गर्नुपर्ने थियो। सिनेमा व्यापारको माध्यम मात्रै होइन, कलामार्फत् जनतालाई सचेत गराउने माध्यम पनि हो। मनोरञ्जनसँगै सम्बन्धित क्षेत्रको समाज, परिवेश र जीवनशैलीलाई आम दर्शकमाझ चिनाउनु पनि हो। एउटा जिम्मेवार कलाकारले आफ्नो सहकर्मीको मात्र होइन, एउटा नागरिकको हक हनन गर्नु पनि सैह्य कुरा हुन सक्दैन। यदि फुर्वाको दाबी अनुसार उनी निर्दोष हुन् भने उनीमाथि भएको अन्यायको पक्षमा को बोलिदिने? यो प्रश्नको उत्तर मिरुना, मिलापत्र गराउने फिल्मको निर्माण टिम र प्रहरीले दिनुपर्छ। 

मिलापत्र गरेको ४ दिनपछि म निर्दोष छु भन्‍ने फुर्वा कतै नै निर्दोष रहेछन् भने यसको क्षतिपूर्ति कसले व्यहोर्ने? भोलि उनलाई बौद्धमार्गी तथा लामाहरूले बहिष्कार गरे भने उनको यात्रा के हुन्छ? यो कुरा कबड्डी निर्माण टिमले सोच्यो? यदि मिरुना नै वास्तविक ‘सिकार’ हुन् भने उनलाई न्याय दिलाउन र यदि फुर्वा तामाङ निर्दोष हुन् भने उनको चरित्र सच्याउन निर्माण टिमले प्रहरीको जिम्मा लगाउनु पर्थ्यो। 

आफूले रोजेको सोल्टिनी अर्कैले भगाएपछि वीरकाजी (दयाहाङ राई) प्रेममा विरक्तिएर भिक्षु बन्‍न जान्छन्, कबड्डी द फाइनल म्याचमा। मिरूनालाई ‘ब्याड टच’ गरेका भनिएका मुगु निवासी फुर्वा तामाङ पनि बौद्ध भिक्षु बन्‍न सहर आएका व्यक्ति हुन्। यसमा संयोग पनि छ। 

विपश्यना साधनारत लामा विद्यार्थीले महिलामाथि दुर्व्यवहार गरेकाले यो विषयको असर सम्प्रदायसँग पनि जोडिन पुगेको छ। यदि फिल्म हेर्न आएको दर्शक फुर्वा भोलि अनुसन्धानपछि निर्दोष रहेछन् भने लामा नबन्दै बौद्धमार्गबाट नहट्न सक्छन् भन्‍ने ‘ग्यारेन्टी’ निर्माण टिमसँग छ। पक्कै छैन। 

मिलापत्र गरेको ४ दिनपछि म निर्दोष छु भन्‍ने फुर्वा कतै नै निर्दोष रहेछन् भने यसको क्षतिपूर्ति कसले व्यहोर्ने? भोलि उनलाई बौद्धमार्गी तथा लामाहरूले बहिष्कार गरे भने उनको यात्रा के हुन्छ? यो कुरा कबड्डी निर्माण टिमले सोच्यो? यदि मिरुना नै वास्तविक ‘सिकार’ हुन् भने उनलाई न्याय दिलाउन र यदि फुर्वा तामाङ निर्दोष हुन् भने उनको चरित्र सच्याउन निर्माण टिमले प्रहरीको जिम्मा लगाउनु पर्थ्यो। 

प्रहरीले पनि फुर्वालाई पक्राउ गर्नुअघि सिनेमा हलमा लगाइएको सीसीटीभी फुटुज हेर्न सक्थ्यो। यो विषयमा प्रहरी पनि चुकेको छ। हल व्यवस्थापनले पनि त्यसमा सहयोग गरेको कुरा बहसमा आएको छैन। यो विषयमा न त निर्माण पक्ष जिम्मेवार छ, न राज्य संयन्त्रले कुशलतापूर्वक जिम्मेवारी पूरा गरेको देखिन्छ। न त नायिकाका आफ्नो कुरामा अडिग रहन सकिन् न त आरोपित भनिएका फुर्वा नै। सामाजिक सञ्जाल र एकाध व्यक्तिको कुरालाई प्रहरीले विश्वास गरेको देखिन्छ। सेलिब्रेटीले भन्दैमा प्रहरी जे पनि गर्न तयार हुन्छ त? यो गम्भीर प्रश्‍न प्रहरी प्रशासनतर्फ तेर्सिएको छ।

सिनेमा हलमा हुने भीडबाट आफ्नो सेलिब्रेटी कलाकारको सुरक्षा तथा निगरानीमा निर्माण टिमले लापरबाही गरेको देखिन्छ। फिल्म चलाउनकै लागि कलाकारलाई भीडमा उतार्नैपर्ने भाष्य पनि सही होइन। 

कबड्डी द फाइनल म्याचको निर्माण टिमले तत्काल मुनाफा खोजेर मिरुनालाई हिट नायिकाको ‘ट्याग’ दिएर गरेको मिलापत्र समस्याको दीर्घकालिन समाधान भने होइन। किनकि, एकवर्ष पुरानो ‘पल–समीक्षा प्रकरण’, आठ वर्ष पुरानो ‘सुस्मिता बलत्कार काण्ड’का पीडितले बोल्न सक्छन् भने नायिका मिरुना मगरले पनि एकाध वर्षपछि वास्तविकता बाहिर ल्याउन सक्छिन्। अन्यायमा नै परेका हुन् भने फुर्वाले पनि वास्तविकता ल्याउलान्। वास्तविकता थाहा नपाएर सामाजिक सञ्जाल विभाजित छ। उत्तर कसले कतिबेला दिने भन्‍ने टुंगो छैन। तर अब मिलापत्र गराउने पक्षले वास्तविकता बाहिर ल्याउन ढिला गर्नुहुन्न। यो विषयले सम्बन्धितहरूलाई पिरोल्नेछ। कबड्डी-४ चलचित्रको लेखनमा सहकार्य गरेका कवि/साहित्यकार तथा कलाकार उपेन्द्र सुब्बाले पहिचानको विषयमाथि लेख्दै आएकोमा पुछुतो मान्दै सुब्बाले ‘यस्तो हुनुमा मेरो पनि सानो हात छ’ भनेका छन्।

मिरुना-फुर्वाको मिलापत्रमा मिरुनातर्फका साक्षीमा कबड्डी-४ का निर्देशक रामबाबु गुरुङ, दयाहाङ राई, मणिराम पोखरेल, विजय बराल, सञ्जोग लाफा मगर, पशुपति राई र कालीप्रसाद बाँस्कोटा छन्। कबड्डी-४ का निर्देशक, निर्माता, संगीतकार र कलाकार मिरुनाको तर्फबाट साक्षी बसेको मिलापत्रमा फुर्वा तामाङका तर्फबाट खेन्पो कमल भण्डारी, मिङ्क्ष्युर तामाङ, राजु गुरुङ, कर्मा राप्के, हिस्से लण्डुप लामा रहेको छन्। यहाँ केवल बौद्ध धर्मको नजिक रहेको साक्षी छन्। 


प्रकाशित: Jun 03, 2022| 21:20 शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...
अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...