मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • खानेपानी र सरसफाइका लागि विश्व बैंकले आठ करोड डलर ऋण दिने

खानेपानी र सरसफाइका लागि विश्व बैंकले आठ करोड डलर ऋण दिने

नेपालले खानेपानी तथा सरसफाइ प्रबन्धका लागि विश्व बैंकसँग करिब ९ अर्ब ९५ करोड रुपैयाँ (८ करोड अमेरिकी डलर) ऋण लिने भएको छ।
 |  शुक्रबार, जेठ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २०, २०७९

काठमाडौं– नेपालले खानेपानी तथा सरसफाइ प्रबन्धका लागि विश्व बैंकसँग करिब ९ अर्ब ९५ करोड रुपैयाँ (८ करोड अमेरिकी डलर) ऋण लिने भएको छ। विश्व बैंकको बोर्डले शुक्रबार उक्त ऋण स्वीकृत गरेको हो। 

National life

यो रकमले स्थानीय तहमा खानेपानी र सरसफाइको प्रबन्ध गर्नका लागि स्थानीय सरकारहरूलाई सशक्तीकरण गर्ने विश्व बैंकले बताएको छ। ‘नेपालको संघीयतातर्फको ऐतिहासिक संक्रमणमा सहयोग गर्ने उद्देश्य अन्तर्गत खानेपानी र सरसफाइ पूर्वाधारमा रहेको खाडल पूर्ति गर्न विश्व बैंकको सहयोग परिचालन हुनेछ,’ नेपाल, श्रीलंका र मालदिभ्सका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले भनेका छन्।

विश्व बैंकको जल क्षेत्र व्यवस्थापन र पूर्वाधार सुदृढीकरण परियोजना अन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेशमा रणनीतिक सहर र गाउँपालिकाकामा खानेपानी र सरसफाइका कार्यक्रम कार्यान्वयनमा आउने बताइएको छ। यी दुवै प्रदेशमा खानेपानी र सरसफाइको उपलब्धता न्यून छ भने गरिबी र जलवायु परिवर्तनजन्य जोखिम पनि उच्च छ। 

परियोजनाअन्तर्गत पालिकाहरूमा दिगो र कुशलतापूर्वक खानेपानी आपूर्ति र सरसफाइ सम्बन्धी संस्था निर्माण हुनेछन्। परियोजनाले खानेपानी र सरसफाइ व्यवस्थापन क्षेत्रका उपभोक्ताप्रति जवाफदेहीता अभिवृद्धि गर्न प्रदेश र संघीय सरकारको अनुगमन र नियामकीय क्षमता सुदृढ गर्ने बताइएको छ। यसलाई महत्वपूर्ण खानेपानी आपूर्ति र सरसफाइ पूर्वाधार पुनर्वहालीका साथै पानीको गुणस्तर निगरानी र अनुगमन प्रणालीमार्फत परिपूरकको काम गरिनेछ।

प्रकाशित: Jun 03, 2022| 17:55 शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्