आइतबार, असोज ११, २०८३

सेयर बजार निरन्तर ओरालो

केही दिनयता सेयर बजार परिसूचक (नेप्से) निरन्तर घटिरहेको छ।
 |  शुक्रबार, जेठ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २०, २०७९

काठमाडौं– केही दिनयता सेयर बजार परिसूचक (नेप्से)  निरन्तर घटिरहेको छ। अर्थमन्त्रीले संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको भोलिपल्ट सोमबारदेखि बजार घट्दो क्रममा छ। 

बजेटमा पुँजी बजारका समस्या समाधान गर्ने विषय समावेश भए पनि त्यसको प्रभाव सेयर बजारमा देखिएको छैन। साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि सेयर बजार ३३.७६ अंकले घटेको छ।

१.६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०७८.७० अंकमा झरेको छ। आज १ अर्ब ३० करोड ७३ लाख ५९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। २२६ वटा कम्पनीका ३८ लाख ४८ हजार ५०८ कित्ता सेयर खरिद‍बिक्री भएको हो।

उपकार लघुवित्त सेयर मूल्यमा भने पोजेटिभ सर्किट ब्रेक लागेको छ। सो कम्पनीको १० प्रतिशत सेयर मूल्य वृद्धि भएको हो। एनआईसी एशिया बैंकको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। सो बैंकको ६ करोड २३ लाख ५५ हजारभन्दा धेरैको सेयर कारोबार भएको छ।

प्रकाशित: Jun 03, 2022| 16:30 शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्