मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनएमबि बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता

एनएमबि बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता

एनएमबि बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र केन्द्रीय नवीकरणीय ऊर्जा कोषबीच नवीकरणीय उर्जाको प्रवर्द्धन गर्न सम्झौता भएको छ।
 |  शुक्रबार, जेठ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २०, २०७९

काठमाडौं– एनएमबि बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र केन्द्रीय नवीकरणीय ऊर्जा कोषबीच नवीकरणीय उर्जाको प्रवर्द्धन गर्न सम्झौता भएको छ। 

National life

दुई पक्षबीच मधेस प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा नवीकरणीय ऊर्जाका क्षेत्रमा लगानी प्रवर्द्धन गर्न दिगो ऊर्जा चुनौती कोष कार्यक्रम अन्तर्गत कर्जा नोक्सानी सुरक्षण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

यो कोष बेलायत सरकारको अनुदानमा नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमको सहयोगमा स्थापना भएको हो। यो सम्झौताको मुख्य विशेषता बैंकले उल्लेखित प्रदेशहरूमा नवीकरणीय ऊर्जाका परियोजनामा गरेको कर्जा लगानीको भुक्तानी नभएमा त्यस्ता कर्जामा कोषले २० प्रतिशत सावाँ रकमसम्मको सुरक्षण प्रदान गर्नु हो। यसले एनएमबि बैंकलाई नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी विस्तार गर्नको लागि सहयोग मिल्नेमा बैंक विश्वस्त छ।

एनएमबिले दिगो बैंकिङ मार्फत देशमा वास्तविक अर्थतन्त्रको प्रवर्द्धनको लागि साना तथा मझौला, कृषि, पूर्वाधार र ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राखि कार्य गर्दै आएको छ।

बैंकले स्वच्छ ऊर्जाको प्रवर्द्धन र नेपालको ऊर्जा पूर्वाधार र आपूर्ति प्रणालीलाई अझ दिगो तरिकाले रूपान्तरण गर्ने, स्वच्छ र नवीकरणीय ऊर्जाको उपयोग गर्ने र भारतबाट बिजुली र जीवाषेश इन्धन आयातमा रहेको ठूलो परनिर्भरता घटाउने सरकारको पहललाई साथ दिइरहेको छ।

Shivam cement

बैंकले अन्तर्राष्ट्रिय मान्यता प्राप्त हरित कर्जा लगानी सिद्धान्तहरूको आधारमा आफ्नो हरित लगानी कार्य र वातावरणीय एवम् सामाजिक व्यवस्थापन प्रणालीको विकास अन्तर्राष्ट्रिय वित्त निगमले वातावरणीय एवम् सामाजिक जोखिमको क्षेत्रमा निर्देशित गरेका मापदण्डहरू र अन्तर्राष्ट्रिय अभ्यासहरूलाई समेत समेटेर तयार पारेको छ। 

बैंकले सन् २०१८ जनवरीदेखि नै केन्द्रीय नवीकरणीय ऊर्जा कोषको लागि ह्यान्डलिंग बैंकको भूमिकामा समेत कार्य गर्दै आएको छ। 

बैंकले हाल देशभर रहेको आफ्नो २०१ शाखाहरू, १३८ एटिएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ सेवा पुर्‍याइरहेको छ।

प्रकाशित: Jun 03, 2022| 13:36 शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्