आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • डिजिटल भुक्तानी सरकारको प्राथमिकतामा : मन्त्री कार्की

डिजिटल भुक्तानी सरकारको प्राथमिकतामा : मन्त्री कार्की

नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले डिजिटल भुक्तानी सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
 |  शुक्रबार, जेठ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २०, २०७९

काठमाडौं– नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले डिजिटल भुक्तानी सरकारको प्राथमिकतामा रहेको बताएका छन्। साथै, सरकारले यसलाई बढावा दिँदै आएको पनि उनको भनाइ छ। 

शुक्रबार ब्राण्डवर्थ प्रालिले काठमााडौंमा आयोजना गरेको दोस्रो चरणको फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। यस कार्यक्रमबाट आउने निष्कर्षलाई सरकारले दस्तावेज गर्दै नीति निर्माणमा समेत समट्ने मन्त्री कार्कीको भनाइ थियो।

यसका साथै यस कार्यक्रमले डिजिटल नेपाल फेर्मवर्क कार्यक्रममा समेत सघाउन पुग्ने उनले बताए। उनले यस कार्यक्रमलाई दिगो आर्थिक विकासमा पनि रुपान्तरण गर्नुपर्ने बताए। 

सूचना प्रविधिको विकास विना मुलुकको विकास समेत असम्भव भएको बताउँदै उनले सूचना प्रविधिमा समाजका सबै तप्कालाई सँगै लिएर जानुपर्ने बताए। दुरदराजका क्षेत्रमा समेत सूचना प्रविधि पहुँच पुर्याउन सरकारले सहयोग गर्ने उनले बताए। सूचना प्रविीको पहुँच सबै नागरिकमा पुर्याउन सरकारले इन्टरनेटको शुल्क घटाएको मन्त्री कार्कीको भनाइ थियो। 


प्रकाशित: Jun 03, 2022| 11:58 शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्