मंगलबार, असार ९, २०८३

आज विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ ८८ पैसा र बिक्री दर १२४ रुपैयाँ ४८ पैसा कायम गरेको छ।
 |  शुक्रबार, जेठ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २०, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ ८८ पैसा र बिक्री दर १२४ रुपैयाँ ४८ पैसा कायम गरेको छ। 

National life

युरो एकको खरिद दर १३२ रुपैयाँ ४६ पैसा र बिक्री दर १३३ रुपैयाँ ११ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५५ रुपैयाँ ५१ पैसा र बिक्री दर १५६ रुपैयाँ २६ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ०७ पैसा र बिक्री दर १२९ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ २२ पैसा र बिक्री दर ८९ रुपैयाँ ६६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ  ४१ पैसा छ। 

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ५५ पैसा र बिक्री दर ९ रुपैयाँ ६० पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ५६ पैसा र बिक्री दर १८ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ०३ पैसा र बिक्री दर ३३ रुपैयाँ १९ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ९३ पैसा र बिक्री दर ३४ रुपैयाँ ०९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

Shivam cement

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३५ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९२ पैसा र बिक्री दर ९ रुपैयाँ ९७ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। - यस्तो छ आजको विनिमय दर

प्रकाशित: Jun 03, 2022| 06:48 शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्