मंगलबार, असार ९, २०८३

याडियाको बिजुली स्कुटर नेपाली बजारमा

नेपाली बजारमा याडियाका २०२२ मोडलका इलेक्ट्रिक स्कुटर भित्रिएका छन्। गत शनिबार याडियाको नेपालका लागि आधिकारिक बिक्रेता कुजु नेपाल प्रालिले डेढ सय स्कुटर भित्र्याएको हो।
 |  बिहीबार, जेठ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १९, २०७९

काठमाडौं- नेपाली बजारमा याडियाका २०२२ मोडलका इलेक्ट्रिक स्कुटर भित्रिएका छन्। गत शनिबार याडियाको नेपालका लागि आधिकारिक बिक्रेता कुजु नेपाल प्रालिले डेढ सय स्कुटर भित्र्याएको हो।

National life

कम्पनीका अनुसार यी नयाँ मोडलका स्कुटरहरु पाँच दिनमा नै ४० थान बिक्रि भइसकेको कम्पनीले जनाएको छ। कम्पनीका सीईओ सुरेन्द्र यादवले विद्युतीय स्कुटरमा ‘याडिया’को माग बढेको दाबी गरे। उनले भने ‘इलेक्ट्रिक हामीले कारोबार थालेको एक वर्ष मात्र पुग्दैछ। यो आर्थिक वर्षमा मात्र हामीले ५०० जति स्कुटी आयात गरिसक्यौँ। बजारमा हामी दोस्रो स्थानमा छौँ।'

पछिल्लो दिनहरुमा याडियाको मागको चाप बढ्दो रहेको यादवले बताए। सँगै कम्पनीले स्पेसल स्प्रिङ अफर समेत ल्याएको छ। यस अनुसार सबै मोडलमा १५ हजार रुपैयाँ नगद छुट उपलब्ध गराएको छ। त्यसैगरी हेल्मेट, कि-चेन, टिसर्ट, अम्ब्रेला, क्याप र मगलगायतका विभिन्‍न एस्सेसरिज समेत उपलब्ध हुने उनले बताएका छन्।

कुनै पनि पुरानो स्कुटरसँग नयाँ याडिया स्कुटर साट्नका लागि शून्य प्रतिशत ब्याजदर सहितको लोन सहज तरिकाले लिन सकिने व्यवस्था भएको कम्पनीको भनाइ छ।

नेपाली बजारमा अहिले याडियाका ‘जी फाइभ, सी वान एस र एस-लाइक’ गरी तीन मोडलका स्कुटर बिक्री-वितरण भइरहेको कम्पनीको भनाइ छ। यी स्कुटरको मूल्य क्रमशः ३ लाख ४५ हजार, ३ लाख ६५ हजार र २ लाख ४५ हजार रुपैयाँ तोकिएको छ।

Shivam cement

यी स्कुटरका लागि पहिले नै  बुकिङ खुला गरिएको थियो। प्रि-बुकिङ गरेकाहरुलाई भने २० हजार रुपैयाँ छुट दिएको छ। यद्यपि अहिले प्रि-बुकिङ नभएरै पनि ग्राहकहरु आइरहेको यादवले बताए। सरकारले कर बढाएपछि बुधबार र बिहिबार ग्राहकहरुको संख्या थप बढेको र माग धान्न ग्राह्रो हुने संकेत देखिएको उनले बताए।

प्रकाशित: Jun 02, 2022| 20:53 बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्