मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • हट्यो इन्धनमा पूर्वाधार कर, प्रतिलिटर १० रुपैयाँ घट्यो मूल्य

हट्यो इन्धनमा पूर्वाधार कर, प्रतिलिटर १० रुपैयाँ घट्यो मूल्य

घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुनेछ। अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ पर्नेछ।
 |  बिहीबार, जेठ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १९, २०७९

काठमाडौं- सरकारले इन्धनमा लाग्ने पूर्वाधार कर हटाएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। एक लिटर इन्धनमा १० रुपैयाँ पूर्वाधार कर लाग्ने व्यवस्थालाई सरकारले हटाएपछि आफूहरूले मूल्य समायोजन गरेको निगमले जानकारी दिएको छ। 

National life

अर्थले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाई मूल्य समायोजन गर्न भने अनुरुप बिहीबार बसेको निगम संचालक समितिको बैठकले मूल्य घटाएको हो। 

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि निगमले पनि सोही अनुसार मूल्य बढाउँदै आएको छ। तर पछिल्लो समय सातामा नै दुई पटक मूल्य बढ्न थालेपछि सरकारको विरोध भएको थियो। यसपछि सरकारले पूर्वाधार करलाई हटाएर सहुलियत दिन लागेको हो। 

सरकारले कर हटाएसँगै एक लिटर पेट्रोलको मूल्य १८० बाट घटेर १७० रुपैयाँ कायम भएको छ। तर भारतीय आयल कर्पोरेसनले बुधबार मात्र मूल्य सूची बढाएर पठाएका कारण पुनः बढ्न सक्ने आशंका गरिएको छ। निगमले एक लिटर पेट्रोलमा २२ रुपैयाँ ९३ पैसा घाटा रहेको बताएको छ। 

अब डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ पर्नेछ।घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुनेछ।

प्रकाशित: Jun 02, 2022| 20:40 बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्