शनिबार, असार २१, २०८२

दक्षिण कोरियाविरुद्ध ब्राजिलको शानदार जित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले सानदार जित निकालेको छ। कोरियाको सिओल विश्वकप रंगशालामा बिहीबार सम्पन्‍न खेलमा ब्राजिलले घरेलु टोलीमाथि ५–१ को जित निकालेको हो।
 |  बिहीबार, जेठ १९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १९, २०७९

vianetvianet

काठमाडौं- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले सानदार जित निकालेको छ। कोरियाको सिओल विश्वकप रंगशालामा बिहीबार सम्पन्‍न खेलमा ब्राजिलले घरेलु टोलीमाथि ५–१ को जित निकालेको हो। ब्राजिलको जितका लागि नेयमारले दुई गोल गरे भने रिचार्लिसन, फिलिप काउटिन्हो र ग्याब्रियल जिससले समान १–१ गोल गरेका थिए।

यता कोरियाका यूजे हङले एक गोल फर्काएका थिए। खेलको सातौं मिनेटमै फ्रेडबाट पाएको बलमा रिचार्लिसनले ब्राजिललाई अग्रता दिलाएका थिए। त्यसपछि खेलको ३१ औं मिनेटमा हङल खेललाई १–१ को बराबरीमा पुर्‍याएका थिए।

तर, ब्राजिलले अग्रता बनाइहाल्यो। ४२ औं मिनेटमै पेनाल्टीको अवसर पाएपछि ब्राजिले पुनः अग्रता बनाएको हो। नेयमारको गोलसँगै ब्राजिल पहिलो हाफमा एक गोलले अघि रह्यो।

दास्रो हाफको ५७ औं मिनेटमा ब्राजिलले अर्को पेनाल्टीको अवसर पायो। यसपटक नेयमारले नै गोल गरे। अग्रतालाई बढाउने क्रममा काउटिन्होले खेलको ८० औं मिनेटमा र जिससले इन्ज्युरी समयमा गोल गरेका थिए। जिससको गोलसँगै ब्राजिलले ५–१ को जित निश्चित गरेको हो।

प्रकाशित: Jun 02, 2022| 19:47 बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।