मंगलबार, असार ९, २०८३

एनएमबि बैंकले कर्णालीलाई दियो पाँच हजार चुल्हो

एनएमबि बैंक लिमिटेडले नेदरल्याण्ड डेभलपमेन्ट अर्गनाईजेशन (एसएनभी)को सहयोगमा पाँच हजार सात सय २८ चुल्हो वितरण गरेको छ।
 |  बिहीबार, जेठ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १९, २०७९

काठमाडौं– एनएमबि बैंक लिमिटेडले नेदरल्याण्ड डेभलपमेन्ट अर्गनाईजेशन (एसएनभी)को सहयोगमा पाँच हजार सात सय २८ चुल्हो वितरण गरेको छ। रिजल्ट बेस्ड फाइनान्सिङ परियोजनाअन्तर्गत चुल्हो वितरण गरिएको हो। 

National life

बैंकले उक्त परियोजनाका लागि कोष ब्यवस्थापकको काम गरेको थियो। सुधारिएको चुल्हो वितरण गरेर ग्रामीण भेगका जनताको जीवनस्तर सुधार गर्ने उदेश्यले एसएनभीसँग सहकार्य गरेर सुदुरपश्चिम तथा कर्णालीका विभिन्न ग्रामीण भेगमा सुधारिएको चुल्हो वितरण गरेको हो। 

यस परियोजनाले दाउराको खपत घटाएर वन संरक्षणमा मद्धत पुग्ने विश्वास लिइएको छ। त्यस्तै धुवाँ कम गरी वायु प्रदूषण कम हुनुका साथै धुँवाका कारण स्वास्थ्यमा आइपर्ने समस्या निराकरण हुने विश्वास लिइएको छ। 

एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको छ। 


प्रकाशित: Jun 02, 2022| 13:34 बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्