मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनसेलले ल्यायो अनलिमिटेड डेटा र आकर्षक अल नेट भ्वाइस, एसएमएस बन्डल प्याक

एनसेलले ल्यायो अनलिमिटेड डेटा र आकर्षक अल नेट भ्वाइस, एसएमएस बन्डल प्याक

एनसेल आजियाटा लिमिटेडले मनसुन धमाका अफर ल्याएको छ जसअन्तर्गत एनसेलका ग्राहकहरुले आकर्षक अनलिमिटेड डेटा प्याकका साथै भ्वाइस र एसएमएस बन्डल गरिएको अल नेट प्याकबाट फाइदा लिन सक्छन्।
 |  बिहीबार, जेठ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १९, २०७९

काठमाडौं– एनसेल आजियाटा लिमिटेडले मनसुन धमाका अफर ल्याएको छ जसअन्तर्गत एनसेलका ग्राहकहरुले आकर्षक अनलिमिटेड डेटा प्याकका साथै भ्वाइस र एसएमएस बन्डल गरिएको अल नेट प्याकबाट फाइदा लिन सक्छन्।

National life

यी प्याकहरु बिहिबार जेठ १९ बाट संचालनमा रहनेछन्। ग्राहकका दैनिक डेटाको आवश्यकताको सहज रुपमा सम्बोधन गर्न यस अफर अन्तर्गत एक दिन समयावधि भएका तीन डेटा प्याकहरु रहेका छन्। आफ्नो आवश्यकता अनुसार ग्राहकले कर सहित रु २९ देखि रु ४८ पर्ने आकर्षक डेटा प्याक सुचारु गर्न सक्नेछन्। एष्ट्रिक्स१७१२३ह्यास डायल गरि ग्राहकले यो प्याक खरिद गर्न सक्नेछन्।

डेटाका साथै, एनसेलले यस अफरमा भ्वाइस र एसएमएस सेवा बन्डल गरिएका एक दिन समयसिमा रहेका तीन प्याकहरु पनि ल्याएको छ। यी प्याक लिने ग्राहकले नेपालका अन्य कुनै पनि मोबाइल नेटवर्कका अझै सुलभ दरमा फोन गर्न र एसएमएस पठाउन सक्छन्।

एनसेलका प्रिपेड ग्राहकले आफ्नो दैनिक भ्वाइस र एसएमएस सेवाको आवश्यकता अनुसार प्याक सुचारु गर्न सक्छन्। उनीहरुले कर सहित रु १२ मा ३० मिनेट टक टाइम र ३० वटा एसएमएस बन्डल भएको प्याक, रु १४ मा १०० मिनेट टक टाइम र १०० एसएमएस वा रु २९ मा २९० मिनेट टक टाइम र २९० वटा नै एसएमएस भएको बन्डल प्याक लिन सक्छन्। यी अल नेट प्याकहरु एष्ट्रिक्स१७१११८ह्यास डायल गरि सहजै लिन सकिन्छ।

यस मनसुन धमाका अफर अन्तर्गतका डेटा प्याकहरु र अल नेट भ्वाइस र एसएमएस बन्डल प्याकहरु ग्राहकले एनसेल एप, एनसेलको वेबसाइट र डिजिटल वालेटहरु जस्तै ईसेवा, खल्ती र आइएमई पेबाट पनि सुचारु गर्न सक्नेछन्।

Shivam cement

सुलभ शुल्कमा सञ्चार सेवामा पहुँच सुनिश्चित गर्न मद्दत गर्ने यी प्याकरु ग्राहकका लागि सञ्चालनमा ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ।

प्रकाशित: Jun 02, 2022| 13:33 बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्