आइतबार, असोज ११, २०८३

बजेटले वनस्पति घ्यू–तेल उद्योग थप संकटमा जाने

आगामी आर्थिक वर्षको बजेटबाट बनस्पति घ्यू तेल उद्योग थप संकटमा जाने दाबी उद्योगीले गरेका छन्।
 |  बिहीबार, जेठ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १९, २०७९

काठमाडौं– आगामी आर्थिक वर्षको बजेटबाट बनस्पति घ्यू तेल उद्योग  थप संकटमा जाने दाबी उद्योगीले गरेका छन्।

नेपालमा कच्चा पदार्थ १० प्रतिशत भन्सार महशुलमा आयात गरेर प्रशोधन गरी बिक्री वितरण गर्दै आईरहेको थियो। प्रशोधित तेलमा आयात महसुल १५ प्रतिशत थियो। कच्चा पदार्थ भन्दा एक तह मात्र बढी थियो।

सरकारले ल्याएको बजेटबाट बिशेष उद्योगहरु जस्तै बिस्कुट र चाउचाउलाई प्रशोधित पाम र पामोलीन तेल आयात गर्न ५ प्रतिशत भन्सार महसुल, अर्थात हालरसाविकको व्यवस्था मा ६६.६७ प्रतिशत छुट दिई तयारी माल भन्दा कच्चा पदार्थको भन्सार महसुल एक तह कम हुने नीतिबाट बिरोधाभाष पूर्ण तरीकाले औद्योगीक विकासमा गम्भिर असर पुर्‍याइएको दाबी उद्योगीको छ। जस्को दीर्घकालिन प्रभाव निश्चित रुपमा पर्ने देखिएको संघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

उपभोक्ताहरुलाई प्रत्यक्ष रुपमा राहत दिनका लागी खाने तेलको महशुल दर कम गर्नुको सट्टा अन्य उद्योगहरुलाई कम महशुल दरमा तयारी खाने आयात गर्न दिने निति व्यवहारीक र विवेकपुर्ण नरहेको संघले जनाएको छ। 


प्रकाशित: Jun 02, 2022| 13:31 बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्