आइतबार, असोज ११, २०८३

एसियन पेन्ट्स नेपालले ‘कलर नेक्स्ट २०२२’ गर्ने

एसियन पेन्ट्स नेपालले ‘कलर नेक्स्ट २०२२’ कार्यक्रम गर्ने भएको छ। कम्पनीले एसियन पेन्ट्सको वार्षिक प्रवृत्ति पूर्वानुमानको अवसरको रूपमा यो कार्यक्रम गर्न लागेको हो।
 |  बिहीबार, जेठ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १९, २०७९

काठमाडौं– एसियन पेन्ट्स नेपालले ‘कलर नेक्स्ट २०२२’ कार्यक्रम गर्ने भएको छ। कम्पनीले एसियन पेन्ट्सको वार्षिक प्रवृत्ति पूर्वानुमानको अवसरको रूपमा यो कार्यक्रम गर्न लागेको हो। 

यसले डिजाइनको दिशानिर्देश हासिल गर्न विश्वव्यापी, सामाजिक–सांस्कृतिक तथा वातावरणीय प्रवृत्तिको अध्ययन गर्ने जनाइएको छ। डिजाइन उद्योगमा प्रासांगिकयुक्त फरक प्रवृत्ति पत्ता लगाउन विशेषज्ञ अन्तरवार्ता, संयुक्त कार्यशालाका साथै अनुसन्धानमार्फत ६ महिना कडा अनुसन्धान गरेर यो कार्यक्रम आयोजना गर्न लागेको कम्पनीको भनाइ छ। 

अनुसन्धानको परिणाम–वास्तुकला तथा इन्टेरियर डिजाइन समुदायमा प्रस्तुत गरिएको वर्षको चार ट्रेन्ड र एक रङ प्रेरणाको स्रोत रहँदै आएको कम्पनीको भनाइ छ। यसको अर्थ कुन रङ र सामग्री प्रयोग गर्ने मात्र नभई डिजाइनरहरूलाई हालै प्रचलनमा रहेका रङ प्यालेट र नयाँ सामग्रीवरिपरि खेल्न प्रेरित गर्नु रहेको कम्पनीको भनाइ छ।  

रङभन्दा पनि डिजाइन अनुभवलाई अंगाल्ने उद्देश्यले कम्पनीले २० जेठमा कलर नेक्स्ट २०२२ कार्यक्रम आयोजना गर्ने जनाएको छ। कार्यक्रममा चर्चित आर्किटेक्ट तथा इन्टेरियर डिजाइनको उपस्थिति रहने तथा सोसाइटी अफ नेपलिज आर्किटेक्ट्स र इन्टेरियर डिजाइनर एसोसिएसन नेपालको सहभागिता रहने जनाइएको छ।


प्रकाशित: Jun 02, 2022| 13:29 बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्